९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । वैशाख पहिलो दिन बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्रीले गाउँमा पीसीआरका लागि स्वास्थ्यकर्मी बोलाउँदा धेरैको गाली खाए । भारतबाट आएका ४ युवकबाट कोरोना संक्रमण फैलिएको आशंकामा उनले स्वास्थ्य कार्यालयबाट स्वाब संकलन गराएका थिए ।

Advertisement

चाडपर्वको दिन पीसीआर गराएको भनेर धेरैले स्वाब दिन मानेनन् । फेरि वैशाख ४ मा परीक्षण गरियो । जिल्लामै पहिलोपटक उक्त गाउँका ४७ जनामा संक्रमण पुष्टि भयो । तीमध्ये ३९ विद्यार्थी र शिक्षक थिए ।

गाउँभरि डेढ सय जनाभन्दा बढीमा संक्रमण देखिएपछि घरघरै कोरोना फैलिएको पुष्टि भयो । नारायणस्थानसँग जोडिएका १२ र १३ वडा समेटेर बलेवा क्षेत्रमा वैशाख ८ बाटै निषेधाज्ञा लगाइयो । ती वडामा वैशाखमा मात्र दुई दर्जन विवाहका भोज भए । चौरासी पूजामा भोज खाएका तस्बिर सामाजिक सञ्जालमा छरपस्ट देखिए । निषेधाज्ञा उल्लंघन गर्दै बस रिजर्भ गरेर जन्ती हिँडे । निषेधाज्ञा उल्लंघन गरेर छोराको विवाहमा जन्ती लगेको आरोपमा काठेखोला–१ का लालबहादुर खत्री पक्राउ परे । तर भोजभतेर आयोजना रोकिएन ।

अहिले ती वडामा १ सय ८५ जनाको पीसीआर गर्दा डेढ सय जनामा संक्रमण पुष्टि भएको स्थानीय नारायण रिजालले बताए । यसैगरी विवाह, भोज भएका कालीमाटी, तित्याङ र सिगानामा संक्रमितको संख्या बढ्दो छ । विवाहउत्सव मनाएका बडिगाड गाउँपालिका–४ मा एकै घरका चारसहित ६ जनाको मृत्यु भएको छ । एक सय संक्रमित छन् । चैत अन्तिम र वैशाख पहिलो साता भारत र सीमा क्षेत्रबाट आएकाहरू सुटुक्क गाउँ पुग्दा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘पहिलो चरणमा प्रवासी आए, अहिले भोजभतेरकै कारण संक्रमण बढेको हो,’ उनले भने ।

गलकोट नगरपालिकामा ५ जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी वडासदस्य तेजुमाया भण्डारी र ढोरपाटन–९ का पूर्वगाविस अध्यक्ष शेरमान घर्तीको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । उनीहरू समेत भेला, भोजभतेरमा सहभागीपछि बिरामी परेका थिए । बागलुङमा शनिबारसम्म २४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ७ सय पुगेका छन् । गाउँमा स्वास्थ्य मापदण्ड पालना नगर्दा यस्तो अवस्था आएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव