१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडाैं । सरकारले निषेधाज्ञा लगाएको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ग्राहकको संख्या बढेको देखिएको छ । चालू आर्थिक वर्षको १० महीनासम्ममा ५ हजार ८५ जना पुगेको छ । वैशाखमा मात्रै ९ सय ८९ ग्राहक कालोसूचीमा परेका छन् । अहिले कालोसूचीमा कुल १६ हजार ५ सय ९० जना बैंक तथा वित्तीय संस्थाका ऋणी रहेका छन् । यो संख्या विसं २०४६ फागुनदेखि २०७८ वैशाख ३० गतेसम्मको हो । चालू आवको वैशाखमा अन्य महीनाको तुलनामा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ । निषेधाज्ञाका बेलामा तुलनात्मक रूपमा कालोसूचीमा पर्नेको संख्या अधिक देखिनुलाई केन्द्रले आश्चर्य मानेको छ ।

Advertisement

निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न पठाइरहेको केन्द्रले बताएको छ । केन्द्रका प्रमुख सञ्चालक अधिकृत ओमकार श्रेष्ठ बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक सेवामात्र दिइरहेका बेलामा पनि कालोसूचीमा पर्नेको संख्या बढेको बताउँछन् । बैंकबाट ऋण लिएर नतिर्नेभन्दा पनि चेक बाउन्स भएर कालोसूचीमा पर्नेहरू बढी छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल कालोसूचीमा ग्राहक बढ्नुको मुख्य कारण बाउन्स चेक अधिक भएको बताउँछन् । केन्द्रले सार्वजनिक गर्ने तथ्यांकमा कालोसूचीमा पर्ने ऋणी भनेर मात्र उल्लेख गरेको तर त्यसभित्र बाउन्स चेकधारीहरू समेत राखिएकाले अधिकांश झुक्किएको हुनसक्ने केन्द्रको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले २०७६ भदौमा एकीकृत निर्देशनमार्फत चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चेकमा गलत हस्ताक्षर गरेमा र खातामा पर्याप्त रकम नभएर (चेक बाउन्स भएमा) १ साताभित्र पनि रकम भुक्तानी नगरे कालोसूचीमा राख्ने व्यवस्था गरेको थियो । यसअघि पटकपटक चेक बाउन्स हुने गरेको ठहरिएमा मात्र कालोसूचीमा राख्ने गरिन्थ्यो । खराब कर्जा तथा निगरानीमा परेका ऋणीको संख्याभन्दा चेक बाउन्स गर्नेको संख्या थपिएकाले कालोसूचीमा पर्ने कुल संख्या बढ्न गएको हो । गत आवको भदौदेखि नै बाउन्स चेक दिनेहरूलाई कारबाही स्वरूप कालोसूचीमा राख्ने व्यवस्था गरिएको हो । केन्द्रले चेक बाउन्स भएको खुलाउने व्यवस्था गर्ने भनिए पनि अझै गरेको छैन ।

नेपालमा कालोसूचीमा पर्नेको संख्या बढेको देखिन थालेपछि विश्व बैंकजस्ता अन्तरराष्ट्रिय संगठनले समेत सोधपुछ गर्न थालेको केन्द्रले बताएको छ । लामो समयसम्म निषेधाज्ञा लम्बिरहे अधिकांशले आफ्नो व्यवसाय नियमित गर्न नसकी कालोसूचीमा पर्नेको संख्या बढ्न सक्ने बैंकरहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले छूटको व्यवस्था नदिएकाले संख्या बढ्ने देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति र यसपछि निर्देशन जारी गर्दै कोभिडबाट प्रभावितलाई बैंकहरूले पुनर्तालिकीकरण वा पुनःसंरचना गर्दा २०७६ पुस मसान्तमा सक्रिय कर्जाका लागि न्यूनतम ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी २०७७ असार मसान्तमा असल वर्गमा वर्गीकरण गर्न सकिने नीति ल्याएको थियो ।

उक्त व्यवस्थाले बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बद्ध ऋणीको अनुरोधमा एकपटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुनर्तालिकीकरण वा पुनःसंरचनाको समेत सुविधा दिएको थियो । यही कारण बैंकहरूको खराब कर्जा नियन्त्रित हुन पुगेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले निष्क्रिय भएका वा भाखा नाघेका र फरार ऋणीलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई परिपत्र गर्ने गर्छन् । सोही आधारमा केन्द्रले त्यस्ता ऋणीलाई कालोसूचीमा राख्ने गर्छ । कालोसूचीमा रहेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न पाउँदैनन् । गरेको खण्डमा त्यस्तो कर्जा स्वतः खराब कर्जामा परिणत हुने नीतिगत व्यवस्था छ । आर्थिक अभियान दैनिकमा ममता थापाले खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ