१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

फाइल तस्वीर

बुटवल । आर्थिक अनुसन्धानका विषयबाट प्रदेशलाई समुन्नत बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक अनुसन्धान केन्द्र, नेपालद्वारा आयोजित निःशुल्क अनलाइन प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । स्नातकोत्तर, एमफिल र पि एच डि को तयारीमा रहेका तथा अनुसन्धानमा रुचि राख्ने सम्पूर्ण ब्यक्तिहरुको लागि अति प्रभावकारी हुने गरी अनुसन्धानसंग सम्बन्धित रिसर्च मेथोडोलोजी शिर्षकमा गरिएको प्रशिक्षणमा बोल्ने वक्ताहरुले सो निचोड निकालेको कार्यक्रमका संयोज कयम बहादुर कार्कीले बताए ।

Advertisement

नेपाल अर्थशास्त्र शिक्षक समाजका केन्द्रीय सचिव श्री कृष्णश्याम गैरेले प्रशिक्षण दिँदै आर्थिक केन्द्रले गरेको कार्यक्रममा सराहनीय रहेको बताउँदै प्रदेशको आर्थिक अवस्था र प्रवद्र्धनमा अनुसन्धान गर्नुपर्ने बताए । त्यसैगरी युनिभर्सल पब्लिक हाईस्कुल भैरहवाका प्राधानाध्यापक चन्द्रप्रकाश न्यौपानेले यस प्रकारका कार्यक्रमहरुलाई प्रदेश स्तरीय रुपमा सञ्चालन गर्दै विभिन्न क्षेत्र र पेशाका विज्ञहरुलाई जोड्न सके प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिचार राखे।

त्यस्तै बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक गोबिन्द ज्ञवालीले यस प्रकारका कार्यक्रमहरुले लुम्बिनी प्रदेशलाई केन्द्रमै फरक पहिचान दिलाउन सक्ने र यस्ता कार्यक्रमको निरन्तरताले यस प्रदेशमा रहेको विज्ञहरुको अभाव पूर्ति हुने विश्वास व्यक्त गरे । सहभागीहरुको तर्फबाट मन्तब्य राख्दै कमला पौडेलले अनुसन्धानमूलक विषयका छलफल कार्यक्रमहरुले विद्यार्थी तथा जुनसुकै पेशा ब्यवसायमा लागेकाहरुलाई पनि आफ्नो ब्यवसायिक सफलताको लागि टेवा पुग्ने बताइन्।

कार्यक्रममा बिभिन्न जिल्लाका गरी करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता र संस्थाका कोषाध्यक्ष अमर डि.सी. को संचालनमा सम्पन्न भएको थियो । संस्थाले १५ दिने प्रशिक्षण कार्यक्रम सञ्चादन गर्दै आएको छ । दैनिक विभिन्न विज्ञहरु , फरक क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराउँदै आएको कार्यक्रमको शनिबार सम्पन्न कार्यक्रम छैंठौं रहेको अध्यक्ष भुसालले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ