९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । पछिल्लो ३ दिनदेखि रुपन्देहीमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यसले कोभिडको हटस्पट बनेको रुपन्देहीमा केही राहतको महशुश भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार एक सूचना जारी गरि सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ३२५ जनाको कोरोना परीक्षण गर्दा ४८६ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा ९५ महिला र ११३ जना पुरुष गरी २०८ जनामा संक्रमण देखिएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ४८, देवदह नगरपालिकामा ३८, सैनामैना नगरपालिकामा ३४ र ओमसतिया गाउँपालिकामा १४, कञ्चनमा गाउँपालिकामा ८, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिकामा ७।७, मायादेबी गाउँपालिकामा ५, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ३।३ जना र गैडहवा गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ । यस संगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ भने र सक्रिय संक्रमितको संख्या ७ हजार १ सय १ जना पुगेको छ । रुपन्देहीमा हिजो शुक्रबार ५१४ जनामा संक्रमण देखिएको थियो भने विहीबार ४९४, बुधबार ९०७ जनामा संक्रमण देखिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने