९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौँ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन्। सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्याउने सरकारको योजना पूरा हुन लागेको छ। 

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार अब धार्दिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ।  केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ। ०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए। ०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन्। 

बाँकी रहेका स्थानीय तहमासमेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने नेपाल राष्ट्र बैंकले विश्वास लिएको थियो। ग्रामीण क्षेत्रका नागरिकलाईसमेत सहजरुपमा वित्तीय सेवा र पहुँच पुर्याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ। 

यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्। देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो