१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

नवलपरासीमा निषेधाज्ञामा हिडेको एक सवारी साधनलाई सोधपुछ गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र (दायाँबाट दोस्रो) प्रहरी उपरीक्षक अजय केसी बायाँबाट

पश्चिम । स्थानीयहरुले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि आज पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक आफैं सडकमा निस्केर कडाई गर्न थालेकाछन्। । जिल्ला प्रशासन कार्यालयले आजदेखि लागु हुने गरी निषेधाज्ञामा कडाई गरेको छ ।

निषेधाज्ञालाई पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर पनि स्थानीयहरुले विभिन्न बहाना बनाउँदै अटेरी गरेर हिड्न थालेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजय केसी लागयतको सुरक्षा टोली सडकमा निस्केर निगरानी बढाएको छ । जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको टोलीले विभिन्न ठाउँमा बसेर अटेरी गर्ने स्थानीयलाई फर्काएका छन् । प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ ।

जिल्लामा संक्रमणको अवस्था भयावह बन्दै गएपछि यसअघि लगाईको निषेधाज्ञामा कडाई गरिएको हो । यसअघि बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाहरुलाई दिन मिलाएर खुला गर्न दिइएको थियो । संक्रमणको दोस्रो लहर सुरु भएको बैशाख मसान्तमा मात्रै ५६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप