६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाण्डाै । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः सुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको बसेको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका रिट निवेदन र सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरुरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइसम्बन्धी काम कारवाही सुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । यो निर्णय आइतबारदेखि लागू हुनेछ । नेपाल सरकार वादी भई चलेका थुनुवाको मुद्दा पुनरावलोकन फिर्ता एवं मिलापत्र हुनसक्ने सरकारवादी मुद्दाको मिलापत्रसम्बन्धी कारवाही सुरु गर्ने निर्णय गरिएको छ । बैठकले सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै सेवा सुरु गर्नका लागि सर्वोच्चको सुनुवाइ गरिने मुद्दाको बहस पैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट सञ्चालन गर्न प्रशासनले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै