९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

तस्वीर : पत्रकार दिपेश पछाईको फेसबुकबाट

रुपन्देही । पछिल्ला दुई दिनमा रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज प्रकाशन गरेको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७८ जनाको आरटिपिसिआर जाँच गर्दा पाँच सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय ३६ र सक्रिय सङ्क्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ ।

Advertisement

सङ्क्रमितमध्ये सबै न्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी एक सय ६५ जना छन् । अहिलेसम्म सबै भन्दा बढी सङ्क्रमण देखिएको बुटवल उपमहानगर पालिकामा पनि सङ्ख्या कम भएको छ । बुटवलमा १ सय ५४ जना सङ्क्रमित छन् । सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना रहेका छन् । यस्तै सैनामैना गाउँपालिकामा ३० जना सङ्क्रमित छन् ।

ओमसतिया गाउँपालिकामा १० जना, कञ्चनमा १६ जना मायादेवी गाउँपालिकामा चार जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुई जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा एक जना पुरुष सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ ।
अक्सिजन अभाव हुन नदिँन भारतबाट आयात जिल्लामा अक्सिजन अभाव हुन नदिन भारतबाट आयात गरिएको छ ।

रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले आज भारतबाट लिक्विड ग्याँस आयात गरेको छ । जिल्लामा बढ्दो अक्सिजन ग्याँसको मागलाई धान्न नसकेपछि उद्योगले भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास आयात गरेको हो । बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्योसम्म पुर्याएको भैरहवा भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका तीन उद्योगले अक्सिजनको माग थेग्न नसकेपछि चितवन, विराटनगर तथा पोखराबाट समेत आयात गरिएको छ । शंकर उद्योगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । यसअघि पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको समनवयमा नेपाली सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर ग्याँस ल्याएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव