७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार सबेरै जनाएका छन्। छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो।

Advertisement

उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो। चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको ‘अद्वितीय उपलब्धि’का लागि बधाई दिएका छन्।

उल्लेख्य उपलब्धि

निकै कठिन प्रकृतिको ठानिएको उक्त कामका कारण मङ्गल सतह छुने सो सफलतालाई एउटा उल्लेख्य उपलब्धि मानिएको छ। बेइजिङ समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो। अहिलेसम्म मङ्गल ग्रहमा अवतरण गर्ने सफलता अमेरिकाले मात्रै हात पारेको थियो। यस अवतरणसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ।

मङ्गल ग्रहको सतहको चिनियाँ यानले खिचेको एक तस्बिर
तस्बिरको क्याप्शन,मङ्गल ग्रहको सतहको चिनियाँ यानले खिचेको एक तस्बिर

आगोका देवता अर्थ लाग्ने जुरोङलाई तिआन्वेन-१ अभियानमार्फत फेब्रुअरीमा मङ्गल ग्रहमाथि पुर्‍याइएको थियो। त्यसयताको समय सो यानले अवतरण गर्ने स्थानको अवस्था अध्ययन गर्न खर्चिएको थियो। त्यस क्रममा उक्त अभियानले उच्च गुणस्तरका तस्बिरहरूबाट अवतरण गर्ने सबैभन्दा सुरक्षित ठाउँ पहिचान गरेको थियो। उसको उद्देश्य सक्दो बढी खाल्डा र ठूला ढुङ्गा छलेर अवतरण गर्न सकिने ठाउँ पहिचान गर्नु थियो।

स्वचालित व्यवस्थापन

मङ्गल ग्रहसँग पृथ्वीको दूरी ३२ करोड किलोमिटर छ जसको अर्थ त्यहाँबाट रेडियो सन्देशहरू १८ मिनेट लागेर पृथ्वीसम्म आइपुग्छन्। जसका कारण उक्त यान अवतरणका सबै तहहरू स्वचालित रूपमा व्यवस्थापन गरिएका थिए। उसको वायुमण्डलमा प्रवेश, त्यसबाट झर्ने क्रम र अवतरणका रणनीतिहरूमा समेत त्यस्तै प्रक्रिया अपनाइएको थियो। छनौट गरिएको अवस्थाका लागि एरोसेलमा ढाकिएको यान तिआन्वेन अर्विटरबाट झरेको थियो।

जुरोङ

यो एउटा जटिल चुनौती हो तर चीनले यससँगै अन्तरिक्ष जगतमा आफ्नो ठूलो क्षमता प्रस्तुत गरेको छ। सफल अवतरणपछि वैज्ञानिकहरूले अब यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ अध्ययन गर्ने अपेक्षा गरेका छन्। सोल भनिने मङ्गल ग्रहको दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ। उक्त यानको तौल २४० किलो छ त्यसले सौर्य ऊर्जाबाट काम गर्छ। –बीबीसी नेपाली

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले