ताजा अपडेट »

निषेद्याज्ञामा चेकिङ्गमा बसेका प्रहरीको गाडीको ठक्करबाट मृत्यु

विहीबार, ३० बैशाख २०७८, ११ : ३३
6 Shares

बुटवल । रुपन्देहीको कन्चन गाउपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ ।इलाका प्रहरी कार्यलय, रुद्रपुरका अनुसार कञ्चन गाउपालिका वडा नं. ४ थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अ‍ैरावती गाँउपालिका २ घर भई र हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर बुढा मगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जाअनकारी दिए।

आज बिहीबार बिहान अन्दाजी २ बजेको समयमा पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिंदा ३६ बर्षिय प्रहरी हवल्दार बुढा मगरको मृत्यु भएको छ र निजको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।ठक्कर दिने गाडीको पहिचानका लागि हरैया, लोन्डिहवा र लुम्बिनीमा राखिएका सि सि टि.भी.क्यामेराको सहयताबाट खोजी भैरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।