ताजा अपडेट »

आर्थिक अनुसन्धान केन्द्रद्वारा १५ दिने प्रशिक्षण सुरु

शनिबार, २५ बैशाख २०७८, १५ : ५४
10 Shares

बुटवल । आर्थिक अनुसन्धान केन्द्र ,बुटवलले अनुसन्धान सम्बन्धी सीप विकासको तालिम सुरु गरेको छ । राष्ट्रिय अर्थतन्त्रका विविध आयाममाथि प्राज्ञिक खोज अनुसन्धान तथा प्रकाशन मुख्य लक्ष्य बनाएर भएको केन्द्रले शनिबारदेखि हाल महामारीको समयमा घर-घरमा बसेका आफ्ना सदस्यहरुलाई अर्थतन्त्रका विविध विषयमा विज्ञता प्राप्त गरेका विज्ञ प्रशिक्षकबाट अनुसन्धान सम्बन्धि सीप विकासको लागि भर्चुअल तालिमको सुरुवात गरिएको केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए ।

हरेक दिन दुई घण्टा चल्ने तालिम १५ दिनसम्म रहने र प्रत्येक दिन फरक–फरक विधामा प्रशिक्षण गरिने केन्द्रले जनाएको छ । केन्द्रले पहिलो चरणको तालिममा सहभागी हुनेहरु र अनुसन्धानमा रुचि राख्नेहरुका लागि दोस्रो चरणमा सहभागी गराउने अध्यक्ष भुसालले जनाए। विशेषगरी बुटवल आसपासमा अझैसम्म पनि प्राज्ञिक अनुसन्धानका कार्यक्रमलाई प्राथमिकता नदिने गरेकाले त्यसको अभावलाई न्यूनिकरण गर्न यस्तो कार्यक्रमको सुरुवात गरिएको कार्यक्रमका संयोजक यम बहादुर कार्कीले बताए ।

तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको संयोजक कार्कीले बताए । केन्द्रका अध्यक्ष हुमराज भुसालको अध्यक्षता,उपाध्यक्ष विनोद बेल्बासेको स्वागत र सचिव बालकृष्ण आचार्यको सञ्चालनमा भएको कार्यक्रमबाट तालिमको औपचारिक सुरुवात भएको थियो । तालिमको पहिलो दिन प्रशिक्षक अमर डिसीले परिणात्मक अनुसन्धान पद्धतिका विषयमा प्रशिक्षण गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।