ताजा अपडेट »

 लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा गर्मी बढ्यो, भैरहवाकाे अधिकतम तापक्रम ४३ डिग्री पुग्ने अनुमान

बुधबार, १५ बैशाख २०७८, ०९ : १६
14 Shares

बुटवल । केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिईन ।

विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताईन । आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान छ । भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ ।

नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० दशमलव ६ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले अबको केही दिन गर्मी अझै बढ्ने मौसमविद्को भनाइ छ । यस्तै आज दिउँसोपछि पहाडका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।अहिले पहाडी क्षेत्रको मौसम आंशिक बदली छ भने बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।