१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

मुग्लिङ-नारायणघाट सडक खण्डमा पर्ने जलबिरेमा निर्माण सम्पन्न पुल । उक्त पुल बनेपछि सडकसमेत २६५ मिटर छोटो भएको छ ।तस्वीर : इन्जिनियर शिव खनालको फेसबुकबाट

चितवन । राजधानी काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकखण्डमा केही पुल निर्माण सम्पन्न भएका छन् भने केही धमाधम निर्माण भइरहेका छन् । सडक विस्तारको काम सम्पन्न भएपछि साँघुरा र जीर्ण अवस्थामा रहेका सबै पुल नयाँ बनाउन थालिएको हो ।नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार चार वटा पुल सम्पन्न भएका छन् भने १५ वटा पुल निर्माणको चरणमा छन् । ती १५ मध्ये आठ वटाको फाउण्डेशनको काम सम्पन्न भएको छ । तीमध्ये पनि तीन वटाको माथिल्लो काम भइरहेको छ । बाँकी सात वटा पुलको नक्शाङ्कन र प्रमाणितको चरणमा रहेका छन् । हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो ।

Advertisement

अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने उनले जानकारी दिए। हालै मात्र जलवीरेको पुल सम्पन्न भएको छ । उक्त पुल बनेपछि सडकसमेत २६५ मिटर छोटो भएको छ । गत वर्ष कोरोना सङ्क्रमणबाट काम प्रभावित बनेको पुलको काम हाल सकिएको हो । रिमालका अनुसार एक/दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी गरिएको छ । पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल रु १३ करोड ९४ लाखको लागतमा बनाएको हो । यो पुलसँगै दासढुङ्गा, खानी र मौरी निर्माण थालिएको थियो ।

ती पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा आएका छन् । जलवीरे पुल सम्पन्न हुन तीन वर्ष ६ महिना लागेको हो । हाल निर्माण भइरहेका १५ पुल नक्शाङ्कन र निर्माण दुवै गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का पाएको हो । रु एक अर्ब २८ करोड लागतमा ३३ महिनामा सम्पन्न गर्ने गरी अनकलाई ठेक्का दिइएको हो । ती पुलमध्ये तीन वटा नौ मिटर फराकिलो छन् भने बाँकी ११ मिटर फराकिला छन् । आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार साँघुरा पुलमा पनि सवारी गुड्ने भाग भने ७.५ मिटर नै हुनेछन् ।

तर फुटपाथ भने साँघुरो हुने उनको भनाइ छ । ती पुल नेपाल सरकारले आफ्नै लगानीमा सम्पन्न गरेपछि विश्व बैंकले ऋण प्रवाह गर्ने गरी काम अघि बढाइएको हो । सडक विस्तार गरी कम्तीमा नौ मिटर बनाईएको भए पनि पुल छ मिटर फरकिला भएपछि सबै पुल नयाँ बनाउन लागिएको हो । यो सडकमा दैनिक १० हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै