१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बलेवा । गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् ।

Advertisement

वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले दर्शन गर्न पाएका थिएनन् । यस वर्ष पनि चैत्राष्टमीको दुर्गापूजा शुरु भएसँगै भीडभाड बढेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए। भक्तजनलाई सामाजिक दूरी कायम गर्दै पूजाआजामा सहभागी गराइएको छ ।

नेपालका धेरै शक्तिपीठमध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानका रूपमा चिनिन्छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रसिद्ध शक्तिपीठ भएकाले बडादशैँ र चैतेदशैँमा हजारौँ भक्तजनको भीड लाग्छ । आजै १५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिए । भक्तालुको आगमनलाई मध्यनजर गर्दै कालिका गुठीले मन्दिरको व्यवस्थापन गरेको छ । सामाजिक दूरी कायम गराउन स्वयंसेवक परिचालन गरिएको छ । पूजापाठ र बलिका लागि छरितो बनाइएको छ ।

भक्तजनका लागि पूजामा सहजीकरण, बलि व्यवस्थापन, यातायातको पार्किङ, सरसफाइ र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी भएका छन् । कोरोनाको जोखिमलाई कम गर्न ज्वरो नापेर मात्रै मन्दिर प्रवेश गराइएको छ । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जङ्गलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भइरहेको जनश्रुति छ ।

मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवनसहित देशभरका विभिन्न स्थानबाट कालिकाप्रति धेरै विश्वास मान्ने दर्शन गर्न आउँछन् । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताए ।

बडादशैँ र चैतेदशैँमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । यो वर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन । त्यतिबेला हजारौँ भक्तजनले पूजा गर्ने, पञ्चबलि दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिल्यै पनि खोलिँदैन ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा