८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

सांकेतिक तस्बिर

नवलपुर। बुलिङटार  कोटथरका बासिन्दा अहिले निकै हर्सित भएका छन् । लामो समयदेखि खानेपानी र बाँझो खेतको समस्या झेलिरहेका पूर्बी नवलपरासीको कोटथरका जनताले लिफटिगं सिचाँई प्रणाली अन्र्तगत खानेपानी र सिँचाइको सुविधा प्राप्त गर्ने भएका हुन् । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा पहिलो पटक लिफटिगं प्रणाली मार्फत सिचाईको सुबिधा पुरयाईने भएको हो । 

Advertisement


बुलिङटार गाउँपालिकाको वडा नं १ कोटथरको ढाँडबेसी र थामबेसीमा प्रदेश सरकारको झण्डै रु ५० लाखको लागतमा लिफटिगं सिँचाइ निर्माण अन्तिम चरणमा पुगेको र सो सम्पन्न हुना साथ स्थानीय रुपमा बााझो रहेको खेतबारीमा सिँचाइ हुनुको साथै खानेपानी समेत त्यहाँका जनताले प्राप्त गर्ने स्थानीय देवराज बिकले जानकारी दिए ।


खोलाखेत भए पनि आवश्यक पानीको अभावमा सिचाई नहुदाँ पर्याप्त अन्न बाली उत्पादनमा नोक्सानी परेको जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले बताए । उनले यो कार्यक्रमले स्थानीयमा पानीको समस्या समाधान गर्ने पनि बताए । पानीको अभाव देखिन थालेपछि स्थानीय स्तरमा लिफटिंगको सम्भावना बारे छलफल वपछ प्रदेश सरकारले अध्ययन गरेसंगै लिफटिंग प्रणाली मार्फत सिँचाइ सुविधा पुरयाउन सकिन्छ भन्ने उद्देश्यले कोटथरको ढाँडबेसीमा लिफटिंग सिचाई मार्फत सिचाई र खानेपानकिो ब्यबस्था हुन लागेको नेपाली काग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालको भनाई छ । 


लिफटिगं सिचाई मार्फत त्यस भेगमा करीब तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुबिधा पुग्ने भएको छ भने एक हजार बढि स्थानीय बासी खानेपानी सुबिधाबाट लाभान्बीत हुने स्थानीय शिक्षक लोक रामदामले बताए । सो लिफटिगं प्रणालबिाट अहिले पानी परिक्षण भैरहेको छ भने सो आयोजना को निर्माण अब अन्तिम चरणमा पुगेको स्थानीय समाजसेबी श्याम श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’