२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

मङ्गलबारे । इलाम सन्दकपुर गाउँपालिका–३ का कोषराज खतिवडा एक दशक अघि यस याममा मटरको हरियो कोसा बोकेर जौबारी गएको स्मरण गर्दै भन्छन् । “यसरी कयौँदिन भोगियो, सानो चहलपहल हुन्थ्यो त जौबारीमा ” उनले प्रश्न गरे । हरियो मटर बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा यसैगरी बित्थ्यो ।

Advertisement

उत्पादित वस्तु जौबारी पु¥याउने र दैनिक उपभोग्य वस्तुु स्वदेश भित्र्याउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भए पनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुुको मूल्य बढी पर्ने गरेको उनको भनाइ छ । अलैँची, कुचो, अदुवालगायतका वस्तुु सो बजारमा महङ्गो मूल्यमा बिक्ने गरेको थियो । यस्तै नेपालीका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तुु पाइने भएकाले हालको सन्दकपुर गाउँमा मात्र हैन माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार सोही रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारको भर पर्ने गरेका थिए ।

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सीमासँग जोडिएको कारण किसानले उब्जाएको सबै बेच्न सकिने र किसानको दैनिक उपभोग सामान पाइने एक मात्र व्यापारी केन्द्र बनेको थियो जौबारी त्यतिबेला । भारतीय व्यापारीको बाक्लो बसोबास भएकोले नेपाली गाउँ घरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्ये । सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्राय: हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हुँदै जौबारी नघुमी फर्कँदैन थिए । इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँबजारमा भन्दा बढी चहलपहल र ठुलो बजारको रुपमा रहेको थियो जौबारी । यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यताजस्तै भएको सन्दकपुर–३ का सन्तोष खतिवडाको भनाइ छ । यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैँ किसानले मागेको उपभोग्य सामान लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमान लिएर जाने गर्ने गरेको पत्रकार बिप्लव भट्टराई बताउँछन् । हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने उहाँ सोही क्षेत्रका स्थानीय पनि छन् । उनले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु नपरेको उनी बताउँछन् । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार विस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसावमा इतिहासमा सीमित बनेको छ ।

धेरै कारोबार हुने बजार खुम्चिँदै गएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माइजोगमाईको प्रमुख बजार उक्त बजार हाल प्रायः सुनसान जस्तै बनेको छ । व्यापार फस्टाएकोले नेपालको छोटी भन्सार पनि त्यो समयमा राखिएको थियो । हाल जौबारी प्रायः सुनसान रहेको स्थानीय थुक्तेन नोर्बु लामाको भनाइ छ ।

उनले भारतीय व्यापारी विस्थापित भएपछि बजार सुकेको जानकारी दिए । सो बजारमा नेपालतर्फबाट व्यापारीसमेतले चासो नराखेपछि बजार सुनसान बन्दै गएको हो । सरकारी क्षेत्रसमेतबाट सो क्षेत्रमा चहलपहलका लागि प्रयास नभएको उनले बताए । हुन त त्यस क्षेत्रमा जौबारीमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना भएको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानले आफूले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेपछि उत्पादित वस्तु त्यहाँ बिक्रीका लागि लग्न छोडेका छन् ।

विशेषतः त्यस क्षेत्रका बासिन्दा कृषि क्षेत्रमा लागि परेका छन् । किसानले उत्पादन गरेको घिउ र छुर्पीसमेत त्यस बजारमा महङ्गो मूल्यमा विक्री हुने गरेको थियो । जौबारीको चहलपहल घटेसँगै घिउ, छुर्पीले भने जस्तो बजार पाउन छोडेको छ । किसानले भारतका बजारमा पठाउने घिउ छुर्पीसमेतको मूल्य कम पाउन थालेपछि त्यस बजारमा उत्पादित वस्तु लैजान छोडेको शेर्पाको भनाइ छ ।

सीमा क्षेत्रमा रहेको जौबारी मात्र हैन जिल्लामा सञ्चालित अन्य बजारको अवस्थासमेत उस्तै छ । जिल्लाको मानेभन्ज्याङ्गसमेतमा उस्तै भीडभाड हुने गरेको थियो । इलामको भारततर्फ जाने मुख्य नाका मानिएको पशुपतीनगरसमेतमा चहलपहल कमी नै भएको छ । यहाँ किनमेल नै ठप्प भएको भने हैन । व्यापारमा कमी आएपछि त्यहाँका व्यापारीसमेत बिस्थापित हुने खतरा बढेको छ । बिशेष गरेर पशुपतीनगरमा हाल कपडा कै व्यापार बढी हुने गरेको छ । कपडा मात्र बेचेर बजार कायम रहिरहन नसक्ने व्यापारी पवि राइको भनाइ छ ।

उनले कहिले व्यापार नै नगरी बेलुका सटर तानेर हिँड्नु परेको समेत बताए। कोरोना जोखिम पछि अझ व्यापार घटेको छ । पलायन हुनलागेका व्यापारीलाई थाम्न सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्ने स्थानीयको भनाइ छ । व्यापारीलाई सौलियत दरमा ऋणको व्यवस्था मिलाउन सके पनि हदसम्म समस्याको समाधान हुने सो क्षेत्रका व्यापारीको भनाइ छ । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईसमेतले सो क्षेत्रमा चहलपहल बढाउन निजी क्षेत्रले मात्र सम्भव नभएकाले सरकारी निकायसमेतबाट पहल चाल्नुपर्नेमा जोड दिए । त्यस क्षेत्रका भारतीय व्यापारी भारत नै फर्किन थालेका छन् भने स्थानीय व्यापारीसमेत विर्तामोड, विराटनगरलगायतका स्थानमा जान थालेका छन् । कोभिडको जोखिम शुरुभएपछि सीमा क्षेत्रमा समस्या भएको व्यापारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नवलपरासीमा एक वर्षमा १८७ वटा सवारी दुर्घटना : ३४ जनाको मृत्यु, २७८घाइते प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर