Apr 2, 2023
काठमाडौँ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदैछ । दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलगायतलाई दोस्रो डोजको खोप लगाइनेछ । उक्त खोप अभियान देशभर सञ्चालन हुनेछ ।
प्रतिकृया दिनुहोस्