१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

खोटाङ । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यावसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्षणअनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।

Advertisement

परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशतले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका एक हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेण्टलाई पैसा तिरेबराबरको भर्पाइ लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्दार, जेल, मृत्युदाबी भुक्तानी तथा अङ्गभङ्गलगायत आएका ५८ मुद्दामध्ये २९ सफल भएको, २२ प्रक्रियामा रहेको र सातवटा असफल भएको परियोजनाले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिए । परियोजनाले सोमबार दिक्तेलस्थित बालसेवा समाजको कार्यालयमा आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपपनारायण रिजाल र उपप्रमुख विणादेवी राईसमेत सहभागी भएका थिए ।

सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण आचार्यले वैदेशिक रोजगारीमा जाने जिल्लाका युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । “सामी परियोजनाले युवापुस्तालाई विभिन्न बहानमा विदेश पठाउने काम गरेको छ”, उनले भने, “वर्षेनी विदेशिने युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण स्थानीय सरकारले बनाउनुपर्याे । अनि मात्र सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा साकार हुन्छ ।” नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट युवापुस्तालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि सारिएको बताए ।

“वैदेशिक रोजगारीमा जान चाहने युवापुस्तालाई तत्काल रोक्ने स्थिति त छैन”, उनले भने, “क्रमिकरुपमा स्वरोजगारमूलक कार्यक्रमहरु लागू गरेर विदेश जाने युवालाई आफ्नै क्षेत्रमा स्वरोजगार बनाउने योजनामा छौँ ।” नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, नि:शुल्क सीप तथा तालीम, नि:शुल्क कानूनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालनलगायतका काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण