६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । सरकारले कोरोना संक्रमणको अवस्था जटिलै बन्दै गएपछि भिडभाड कम गर्नेगरी गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । यसैबीच होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ ।

कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाउने आदेश भएको बताए । त्यस्तै, सार्वजनिक यातायात तथा हवाइ यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य स्यानिटाइजरको प्रयोग गर्नुपर्ने आदेश सरकारले गरेको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवम् व्यवस्थापकले बढीमा १० रुपैयाँ लिइ मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको मन्त्री गुरुङले बताए । लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र यात्रु संख्या कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई जानकारी दिनुपर्ने पनि आदेश भएको छ ।

हवाइजहाजका यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र हवाइजहाजमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा छ । त्यस्तै, उडानपछि अनिवार्य रूपमा विमान, यातायातको सधान र ब्यागेजको डिसइन्फेक्ट गर्नुपर्ने आदेशमा रहेको मन्त्री गुरुङले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार