१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

सिमकोट । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ ।

अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ छ । चालू आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका ११४ मुद्दामध्ये ६० वटा फछ्र्योट भइसकेको जिल्ला अदालत हुम्लाका स्रेस्तेदार मदनराज भट्टराईले बताए । देवानीतर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ गरेर जम्मा ५२ मध्ये ३० वटा फछ्र्योट भएका छन् भने २२ वटा फैसला हुन बाँकी रहेका छन् । सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दामध्ये १७ वटा फछ्र्योट भएका छन् भने २४ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार भट्टराईले बताए । फौजदारीतर्फ जिम्मेवारी सरेका आठ, नयाँ दर्ता १० गरेर १८ मध्ये १३ वटा फैसला भएको र पाँच वटा मुद्दा बाँकी रहेका छन् ।

यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ । जिल्ला अदालत हुम्लाले तीन वर्षको औसतमा दर्ता भएका मुद्दाका आधारमा हालसम्म ६८ दशमलव चार प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएको छ । यस्तै जिल्ला अदालत हुम्लामा आठ वटा बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको थियो भने यसमध्ये चार वटा फैसला भइसकेको छ भने बालबालिकाको सङ्ख्या ११ वटा रहेको छ । यस्तै दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएकोसमेत बताइएको छ । यस्तै ज्येष्ठ नागरिकसम्बन्धी कुनै पनि मुद्दा नपरेको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज