१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काबुल । अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानको पूर्वीभागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान २ जना मारिएका छन् भने अरु छ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिए । उनका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकू विरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।

कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ८ जना लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा आइतबार जारी वक्तव्यमा जनाइएको छ । जारी वक्तव्यमा लडाकू विरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकू घाइते भएका थप जानकारी दिइएको छ । सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । कान्दहर प्रान्तमा तालिबान लडाकू सक्रिय रहेका छन् तर उनीहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ । –सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा