Mar 20, 2023
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एकहजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ ।
यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ५४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार नाैसय पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् ।मन्त्रालयका अनुसार नेपालमा हाल सात हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ८१ जना हाल क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । याेसँगै नेपालमा तीनहजार ९१ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिकृया दिनुहोस्