१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित निकालेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२।१ ओभरमा १ विकेट गुमाउँदै ११३ रन बनायो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन प्रहार गरे । कुशलले ६१ रन प्रहार गरे । आसिफले ४२ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ६ रन बनाए । मलेसियाका मलेसियाका लागि भिरनदिपसिंहले एक विकेट लिए । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले १६।५ ओभरमा १० विकेट गुमाउँदै १०९ रन बनाएको थियो । मलेसियाका लागि साद आजिजले २७ रन बनाए । अनवार अर्दिनले ८, अहमद फाइजले ३, भिरेनदिप सिंहले ६, शार्विन मुनियान्डीले २०, शाफिक शारिफले १५ रन जोडे । यस्तै, अमिनुद्दीन राम्लीले ५, खिजार हायातले ४, साजरुल उर्दिसुले ८, अनवार रहमानले १ र पवनदिप सिंहले शून्य रन बनाए ।

नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिए । सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए । शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा