ताजा अपडेट »

स्वर्गद्वारीले चुँडेको सपना, अधुरै रह्यो लगनको महिना

शुक्रबार, ०३ बैशाख २०७८, १३ : २६
58 Shares

गुल्मी । नयाँ वर्षको उमंगले अघिल्लो दिन देखि नै छोइसकेको थियो। नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने स्थानको खोजी र चर्चा हँदै थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू बीच । रमणीय स्थानमात्र नभई आफूहरूको मनोकामना पनि पुरा हुने अभिलाषा सहित छिमेकी जिल्ला प्यूठानको स्वर्गद्वारी दर्शन गर्न जाने तय गरियो। तत्कालै १/१ हजार संकलन गरि रिर्जव जीपका लागि फोन गरियो। प्रशासकीय अधिकृत श्याम न्यौपानेलाई तम्घास डेरामै रहेकी जीवन संगिनी (हुमा खनाल) र ४ वर्षीय छोरालाई पनि घुमाउनसँगै लैजाने उत्कट चाहना थियो ।

तर श्रीमतीको पेटमा ६ महिनाको गर्व रहेकोले घरबेटी लगायतका डेरामा बस्नेहरूले गाडीमा आवतजावत गर्दा समस्या आउने भएको भन्दै नलैजान सुझाव दिए। अन्तः श्रीमती र छोरालाई हेप्पी न्यू एर भन्दै बाघमारे स्थित डेराबाट निस्किए । अन्य साथि पनि जम्मा भएको स्थान उदिनढुंगाबाट जम्मा भएका अन्य साथीहरू सहित स्वर्गद्वारीको यात्रा राम्रोहोस भन्दै कामना गरेर जीपमा सवार भए।

त्यस दुर्घटनामा बाँच्न सफल जीप चालक केवश कार्की दिदि वसन्ती पौडेल भन्छिन् , ‘बाटोमा एक आपसमा दोहोरी गीत गाउँदै निकै रमाइलो गरि स्वद्वारी नजिकै पुगिदै थियो। एक्कासि जीप खसेको हो। नयाँ वर्षको दिन साढे ११ बजेको समयमा स्वर्गद्वारी नजिकै रूमाले भन्ने स्थानमा जीप दुर्घटना नहुदै सबैले माथि स्वर्गद्वारी मन्दिरलाई नियाल्दै छातिमा हात राख्दै निधारमा पुर्‍याएर जय स्वर्द्वारी कामना गरिरहेका थिए। दुर्भाग्य त्यसको केही बेरमै जीप सडकबाट डेढ सय मिटर खस्यो । जतिबेला कुनै देवी देउता पुकार्नुको सट्टा हे.बा.हे आमाको पुकार निस्कियो । त्यसको खबरसंगै जीपमा सवार सहित सिंगो गुल्मी जिल्लाबासीको उमंग शोकमा परिणत भयो ।

दुई जनको मृत्यु शुरूमै पुष्टि गरियो, क्रमशः ३,४ हुँदै साँझसम्म पाँच जनाको मृत्यु र १२ घाइतेको समाचारले सन्नाटा छायो। केही बेर अघिसम्मको हासो खुसी रूवाबासीमा परिणत भयो । दोश्रो दिन जिल्ला प्रशासन कार्यालय अगाडि प्यूठानबाट ल्याउँदै गरिएको शब कुरेर बसेका थिए सयौं शोकाकुल मानिसहरू। जिप दुर्घटनामा परि ज्यान गुमाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका चार जना कर्माचारी र एक जना चालक सहित ५ जना मृतकको श्रद्धाञ्जली सभाका लागि विहिवार विहान जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारामा तयारी गरिदै थियो ।

शव कहाँ सम्म ल्याईयो ? भनेर कतिपयले फोनमा सोध्धै गर्दा सिमलटारीसम्म आईयो भन्ने जवाफ दिईदै थियो । प्रवेशद्धारमा मृतक ५ जनाको तस्वीर सहितको श्रद्धाञ्जली ब्यानर टाँगिएको थियो । तल भुँईमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठ सहितको टोलीले त्रिपाल बिछ्याउँदै थिए शव राख्नका लागि । शव अलि ढिला आउने भएकाले ब्यानरमा फोटा हेर्दै प्रत्येक मृतकका बारेमा चर्चा गरिदै थियो । पहिला जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मृतक श्याम न्यौपानेको चर्चा गरियो । उनको शव त प्युठान बाटै आफन्तजनले स्याङ्गजा लगेर यहाँ आउँदैन भनेर भन्दै थिए ।

उनका बारेमा संगै पढेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका प्रमुख प्रकाश न्यौपाने संग हामीले टेलिफोनमा जिज्ञाषा राख्यौं । उनका अनुसार मृतक न्यौपानेको घर स्याङ्गजाको गल्याङ्ग नगरपालिका वडा नम्वर २ मा हो । उनका बाबु मित्रलाल न्यौपाने स्याङ्गजाकको मालुङ स्थित सार्वाजानिक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रहेको र उनका दुई छोराहरु मध्ये एक जना बाबुराम न्युौपाने काठमाण्डौमा शाखा अधिकृत र अर्का छोरा मृतक गुल्मी जिल्ला प्रशासनमा थिए ।

मृतक न्यौपानेकी श्रीमति सविना भनेर चिनिने हुमकला खनाल गुल्मी कै ईस्मा गाउँपालिकाको अन्तररिक लेखा परिक्षक कर्मचारी रहेको जानकारी डिभिजन प्रमुख न्यौपानेले बताए । ‘हामी संगै पढेका साथी हौं र आफन्त पनि हौं । अहिले विहान शव गल्याङ्ग ल्याईयो । श्रद्धाञ्जली सभा पछि दाह संस्कार गरेर फर्किदै छौं –,डिभिजन प्रमुख न्यौपानेले भने–‘ उनको म्याडम त अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न्न तर यस अघि उनले गरेको कुराकानी अनुसार नयाँ बर्षमा रमाईले गर्नु पर्छ र नयाँ ठाउँ स्वर्गद्धारी घुम्न जानु पर्छ भन्दै म्याडमलाई कर गर्दै थिए रे ।

म्याडमको पेटमा ६ महिनाको गर्भ रहेकोले गाडीमा असर गर्छ भनेर साढे तीन बर्षका छोरा र श्रीमतिलाई तम्घास बाघमारे स्थित डेरा मै छाडेर हिजो विहान श्रीमति र छोरालाई ह्याप्पी न्युईयर भन्दै निस्कुनु भएको भन्ने सुनियो । उनका अनुसार एकै साथ दुई भाईले शाखा अधिकृतमा नाम निकालेका थिए । तानसेनको क्याम्पसको पढाई सकेर त्रिभुवन बिश्व विद्ययाल किर्तिपुरमामा मास्टर डिग्री गरेर सुरुमा नेपाल बैंक लिमिटेडमा जागिर खाएका न्यौपाने सोलुखुम्वु र धादिङ्गका दुई गाउँपालिकामा पनि प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । प्रशासकिय अधिकृत श्याम पन्थीको कुर्ची मै कालो कोट छ । जुन कालो कोटले उनलाइ कुर्न मात्रै भयो । श्रीमतिको गर्वको सन्तानले बाबू पुकार्न नपाउने भए । हर्दम बाबूको काख पछ्याउने साढे तीन बर्षिय छोराले बाबू आउने बाटो कुरेर बसेको छ्न । ती अवोध बालकले आमाको सिन्दुर पुछिएको र सेतो बस्त्रको अर्थ बुझ्न सकेका छैन्न ।

गृह जिल्ला स्याङ्गजाको ग्यालङ्ग नगरपालिकामा पनि केहि समय काम गरेका थिए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा आएको करिव ८ महिना भएको थियो । निजामति सेवामा प्रवेश गरेको ५ बर्ष जति भएको थियो । त्यस दुर्घटनामा बाँचेर जिल्ला प्रशासनको गाडीमा तम्घास आईपुगेकी जिप चालक मृतक २२ बर्षीय केशव कार्कीकी दिदी बसन्ती पौड्याल पनि भाई संगै दुर्घटनामा परेकी थिईन । बाँयाँ हात भाँचिएको ब्याण्डीज आफैले खोलेर मेरो भाईलाई दुबै हातले श्रद्धाञ्जली दिन्छु भन्दै बसेकी थिईन ।

उनी र उनका ४ बर्षीय छोरी निकिता पौड्याल पनि प्युठानको भिग्री स्वास्थ्य चौकीबाट डिस्चार्ज भएर तम्घास घर आई आई पुगेका छन । नेपाल पत्रकार महासंघ गुल्मीका कार्य समिति सदस्य महेश बोहराकी श्रीमति २४ बर्षीया तारा भण्डारी बोहरा र उनकका ६ बर्षीय छोरा आशिष पनि डिस्चार्ज भएर आई पुगेका छन ।रूखमा अड्किएर बाँचे मृतक चालक कार्कीकी दिदी बसन्तीको मुखमा मेरो भाइ.. मेरो भाई ..बोलन .. बोल ..भन्ने कुरा मात्रै झुण्डिएको थियो । घुम्न जान कहिल्लै कर नगर्ने भाईले हिजो मलाई नयाँ बर्षको दिन नयाँ ठाउँमा जानु पर्छ भनेर कर गरेर लग्यो तर आफु आएन मलाई मात्रै एक्लै छाड्यो भन्दै रुँदै थिईन ।

उनले रुमालले आँखा छोप्दै भनिन–‘ मेरो भाईलाई काँखमा राखेर गाला टोक्न पाईन । मेरो भाईलाई बोलन बोल भनेर धेरै रोएँ । म रुखमा अड्केर बाँचेकी थिएँ । भाई भाई बोल न बोल भन्दा भन्दै उ बेलेन एकछिन पुलिस आएर मेरो भाईलाई लगेर गए । अब म घरमा आमालाई के भन्न जाउँ । मेरी आमाको दुख सुख हेर्ने एक मात्र भाई थियो । अब म आमालाई मैले नै हो हेर्ने भन्दै थिईन । उनले समाचारमा आए जस्तो ओभरटयाक गर्न खोज्दा दुर्घटना नभएको बताईन । घुम्ती काट्दै गर्दा गल्र्याङ्ग गुर्लुम्मै गाडी खस्यो त्यस पछि म आफु रुखमा अडकेको मात्रै थाह पाए अरु थाह पाईन’– उनले भनिन् ।

उनले बाटोमा मृतक ईश्वरी भण्डारी लगायतको टोलीले दोहरी गित गाउँदै रमाईले गर्दै हिडेको र स्वर्गद्धारी पुग्नै लाग्दा अव आईयो भन्दै गरेको बताईन । गाडीमा गित बजाईएन , त्यसको सट्टा दोहरी चलेको थियो’– उनले भनिन । गुल्मी कै धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्ला घर भएका ईश्वरी भण्डारी धुर्कोट गाउँपालिका हुँदै जिल्ला प्रशासन कार्यालयमा आएका थिए । बाजा तालमा नाच्न र दोहरी गित गाउन खप्पीस उनले नयाँ बर्षको दिन साथीहरुलाई पनि गाडीमा दोहरीको मनोरन्जन दिएको बाँच्न सफल बसन्तीले बताईन ।

बाँच्न सफल बसन्ती सहितका घाईतेका अनुसार अत्यन्तै तड्पिएर ज्यान गएको थियो प्रशासनका खरिदार मालिका गाउँपालिका ७ घमिरका २८ बर्षीय यमलाल पन्थीको । गाडी भित्र आधा शरिर, गाडी बाहिर आधा शरिर भएर तड्पिएका थिए उनी । अर्का मृतक रेसुङ्गा नगरपालिका वडा नम्वर ७ वेदुखर्कका २८ बर्षीय सुर्य पन्थी पनि गाडीले च्याँपिएर तड्पिएका थिए । अन्तिम सास सम्म उनीहरुले आउनुस न आउनुस मलाई निकालरे बचाउनुस भन्दै थिए ।

प्युठानका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालका अनुसार उनीहरु दुई जनाको गाडी काटेर शव निकाल्नु परेको थियो । प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्–‘ उनीहरु दुई जना गाडीले च्याँपिएर तडपिएका थिए र अन्तिम सास सम्म जिवनको दुहाई मागेको थाहा पाएँ र जेनेरेटर प्रयोग गरेर गाडी काटेर उनीहरुलाई निकालेको हो । त्यसैले ती दुई जनाको मृत्यु घोषणा गर्न ढिला भएको हो । ’

उनले अन्य घाईतेको अवस्था गम्भीर देखेर तत्काल काठमाण्डौबाट हेलिकप्टर मगाएर पठाएको बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार काठमाण्डौं पठाईएका ७ जना मध्ये , रेसुङ्गा नगरपालिका ४ अर्खले निवासी २३ बर्षीया प्रशासनकी कर्मचारी सुनिता कँडेल, कमला पन्थी ज्ञवाली र उनका १२ बर्षीय छोरा सार्थक ज्ञवाली छाउनी स्थित विरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन । मृतक सुर्य पन्थीकी दिदी र भान्जा हुन उनीहरु । प्युठान घर भई जिल्ला प्रशासन गुल्मीका कर्माचारी रहेका २७ बर्षीय सञ्जिव परियार , सोही कार्यालयकी कर्मचारी ३० बर्षीया गिता मुखिया उनका १० बर्षिय छोरा अनिष र मुना पाण्डे काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराई रहेका छन् ।

यसै महिना विवाह गर्ने सुर्यको सपना अधुरै

‘अँस्ती यहिे मेरो पसलमा आएको थियो सुर्य’ जिल्ला प्रशासन अगाडी स्रग्रिला मोवाईल पसलका सञ्चालक खगेन्द्र पाण्डेले भने–‘ जनता जान डाक्ने होला क्यारे मलाई भने पछि उसले हाँस्दै भन्दै थियो जनता जाने हो दाई जाने हो । जिल्ला प्रशासनकी कार्यालय सहयोगी रामकुमारी घर्ति भन्छिन–‘ सुर्य सर र उहाँकी दिदी कमला पन्थी ज्ञवाली यसै कार्यालयका कर्मचारी थिए । सुर्य सर मोटाउँदै जानु भयो ।

दुलाह हुँदा खिसी गर्लान भनेर जिस्काउँथ्यौं । ईस्वरी सर साविक भनभने गाविसको सचिव भएकोले मलाई दिदी नयाँ बर्षको दिन स्र्वद्धारी गुम्न जानु पर्छ भन्दै गाडी भाडाका लागि अँस्ती एक एक हजार उठाउँदै हुनुहुन्थ्यो । मैले भनेर म धेरै ठाउँ भ्रमण गई सके यसपालिी जान्न भनेर नगएकी हुँ । दिदी कमलाका अनुसार भाई सुर्यको यसै बैशाखमा विवाह गर्नका लागी केटी माग्ने तरर्खर चलिरहको थियो । एक बर्ष अघि बाबुको मृत्युले रोकिएको सुर्यको विवाह यसपाली लगनको महिना बैशाखमा गर्नै पर्ने बाध्यता पनि थियो । किनकी घरमा एक जना भाई अपाङ्ग र आमा घरयासी काम गर्न नसक्ने बृद्धा छन् ।

विहिवार छोरालाई जल चढाउन अरुको सहायताबाट आएकी आमा ईस्वर पुकार्दै मृत छोरालाई बैकुण्ठवासको आशिवार्द दिदै भक्कानिदै थिईन् । मृतक सुर्यको परिवारको आर्थिक अवस्था पनि कम्जोर रहेको बताईन्छ । उनी रोजगारीको सुरुवाती यात्रामा रेडियो रेसुङ्गाको लोखा फाँटमा काम गरे पछि विभिन्न ग्र्रैह्र सरकार संस्था हुँदै जिल्ला प्रशासनको कम्युटर अपरेटरमा नियुृक्ति भएका थिए ।

प्रशासनका पुराना कर्मचारी पुन्य प्रसाद पन्थी भक्कानिदै भन्छन–‘ सुर्यको यसै महिना विवाह हुने भएकोले जिस्काउँदा जिस्कीदै अहिले शव कुरेर बस्नु पर्ने दिन आयो । उनले आफुलाई हिजो विहान सम्म स्वर्गद्धारी जान कर गरेको तर आफु नगएर मृत्यु वा घाईते हुन बाट बचेको बताए । अर्का कर्मचारी कृष्ण पन्थीले पनि यसै महिना विवाह गर्ने साथी सुर्यको सपना चकनाचुर भएको पिडा सुनाए । सुर्य पन्थीको आमाले छोराको मुहार हेर्न खोज्दै बाबु...बाबू... भन्दै धेरै बेर बोलाउदा निर्जिव ढुङ्गा जस्तै उनी कहाँ बोल्न सक्थे र ? तर उनको शव माथि टागिएको तस्वीर बोली रहे जस्तो आभास हुन्थ्यो ।

मृतक ईश्वरी भण्डारीकी दिदी सासु नाता पर्ने एक महिलाले प्रहरीले छेक्दा छेक्दै शव बाँधेको प्लाष्टिकको मुख जवरजस्ती खोलेर मृतक ज्वाँईको मुख हेर्न चाहिन । मुखमा एक थोपा जल चढाउँछु भनेर उनले पानी मागिन । पदैन पदैंन भन्दै थिए तर उनले मानिन त्यस पछि प्रशासन भित्र बाट पानी मगाईयोर जल चढाउन दिईयो । सयौं मानिसहरु जम्मा भई श्रद्धाञ्जली दिईएको स्थान जिल्ला प्रशासनमा सन्नाटा छाएको थियो । श्रद्धाञ्जली ब्यक्त गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आँशु थाप्न सकिनन । कार्यालय सहयोगी रामकुमारी घर्तिले गाडीबाट शव निकाल्न साथ डाको छाड्न थालिन । प्रमुख जिल्ला अधिकारी शर्माले उनलाई सम्हाल्न प्रशासन भित्र बोलाएर लगिन ।

श्रद्धाञ्जली ब्यक्त गर्न जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली सहित विभिन्न पालिकाका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख प्रतिनिधी र विभिन्न संघ संस्था सहित सयौ आफन्तजन सहभागी थिए । रूखले बचायो धेरैको जिन्दगी जिल्ला ट्राफिक कार्यालय प्यूठानका असई प्रेम विकका अनुसार घटना स्थलबाट स्वर्गद्वारी पुग्न ५ मिनेटमा मात्र बाँकी थियो। त्यही क्रममा अगाडि रहेको बसलाई औभर ट्याक गर्ने क्रममा जिप खस्यो। र एउटा रूखमा गएर अडियो ।त्यहाबाट खसेको भए कसैको पनि ज्यान बँच्नेवाला थिएन।

पहिल्यै हाम फालेकाहरूमध्ये धेरै जसो बाँचे भने जिपमा च्यापिनेहरूको ज्यान गएको थियो। उनी भन्छन् , धन्य हो रूखले धेरैको ज्यान बँचायो। जिप चलाउन थालेको लामै समय भयो । मुसिकोट ३ निवासी चालक केशव कार्कीले महेशराज भण्डारीको जिप चलाउन थालेको २१ दिन भएको थियो । त्यस अघि उनले इस्मा तर्फ बस चलाउथे। उनको गाडीमा ब्युबुक अझै फेला पार्न नसकिएको असई बिकले बताए । क्षेतिग्रस्त जीप सोही स्थानमा रहेको र गुल्मीबाट यातयात व्यावसायीहरू प्यूठान तिर आउँदै गरेको उनको भनाई छ।

गुल्मीका सरोकारवालाहरू भन्छन्। नियमगमन गर्ने निकाय जिल्ला प्रशासनकै कर्मचारी स्वंयमले नै ओभर लोड यात्रा गर्नु हुँदैनथ्यो । थोत्रा गाडीहरू प्रशासनले संरक्षण गर्नु पनि दुर्घटनाको कारक हसन सक्ने सरोकारवालाको आरोप छ।

https://www.globalaawaj.com/archives/98461
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार