ताजा अपडेट »

असारमा सार्वजनिक हुँदै यामाहा एमटी १५

विहीबार, ३० जेठ २०७६, १४ : ५६
4 Shares


एमएडब्ल्यू इन्टरप्राइजेलले यामाहाको बहुप्रतिक्षीत मोटरसाइकल एमटी १५ असारमा नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनी स्रोतका अनुसार अहिले नेपालका बिभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको छ । 

करिब २ महिना अगाडि भारतीय बजारमा सार्ववजनिक भएको यो बाइकलाई नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको यामाहा इन्डियाका चेयरम्यान तथा एमडीले नेपाल भ्रमणका क्रममा जानकारी दिएका थिए ।

नयाँ यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ जुन एमटी ०९ बाट अत्यन्त प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ । नयाँ एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । 

यामाहाले केही महिनाअघि सार्वजनिक गरेको आर–१५ भी–३ मा पनि भीभीए सिस्टम छ । यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ । यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । 

यसको मिनिमल लुक हेलडाइट, भर्टिकल टेललाइटसहितको सटर्क टेल तथा ग्राफ्रिक्स र फिनिसिंगले यसलाई डाइनामिक र एग्रेसिभ बनाइदिएको छ । 

आर–१५ भी–३ कै इन्जिन यसमा राखिएको छ, जसले १०००० आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी १५ एजाइल एक्सिलेरेसन, एजाइल ह्यान्डिलिंग र एड्भान्स डिजाइनको सन्तुलित परिणाम हो र यो लोवर इन्ड मोटरसाइकलबाट हायर इन्डमा अपग्रेड हुन चाहने युवा राइडर लक्षित रहेको छ । 

एमटी–१५ को अत्याधुनिक डिजाइनले ‘टर्क र एजाइलिटी’ दुवैलाई अभिव्यक्त छ । यसको मिनिमल लुक हेलडाइट, भर्टिकल टेललाइटसहितको सटर्क टेल तथा ग्राफ्रिक्स र फिनिसिंगले यसलाई डाइनामिक र एग्रेसिभ बनाइदिएको छ । 

नयाँ एमटी–१५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने वजन (फुल ट्यांक पेट्रोलसहित) १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ । त्यसैगरी, पछाडिको पांग्राबाट आउने ड्राइभ फोर्स च्यासिसमा पर्छ जसले बाइकलाई भर्टिकल्ली, होरिजेन्टल्ली र टर्सनल्ली रिजिड बनाइदिन्छ । 

यामाहाले एमटी–१५ मा आर–१ कै जस्तो विंगलेट्स प्रयोग गरेको छ । स्ट्रिटफाइटर भएको कारण यससमा शार्प फ्युल ट्यांक एक्सटेन्सन र फ्युल ट्यांकै डिजाइनलाई मिल्ने ‘नि सिपोर्ट’ र कम्प्याक्ट सिट डिजाइन रहेको छ । 

डार्क थिमसहितको यसको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । नेपालमा यसको मूल्य आर–१५ भी–३ भन्दा थोरै बढी हुने अनुमान गरिएको छ । 

याहामा एमटी १५ को मूल्य करिब ४ लाख ४५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।