ताजा अपडेट »

व्यवस्थित हस्पिटालिटीको लागि सर्वनाम सफ्टवेयर

शनिबार, २५ जेठ २०७६, १९ : ३४
12 Shares


जेठ २५, बुटवल । नेपालमा बढ्दो हस्पिटालिटीलाई व्यवस्थित र गुणस्तरीय बनाउन सर्वनाम सफ्टवेयर प्रा.लि.ले सर्वनाम कम्पिलिट होटल म्यानेजमेण्ट सिस्टम सफ्टवेयर ल्याएको छ । कम्पनीले शुक्रबार राती तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक समारोहबीच यस क्षेत्रका होटल व्यवसायीहरुको सहभागितामा उक्त सफ्टवेयरको लञ्च गरेको हो ।

कम्पनीका संस्थापक तथा निर्देशक नविन गौतमको अध्यक्षता र होटल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष सि.पि.श्रेष्ठको प्रमुख्य आतिथ्यतामा भएको समारोहमा सफ्टवेयर लञ्च भएको हो । मुख्यतया बुटवल र भैरहवा लगाएत रुपन्देहीका करिब ५० जना होटल व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा कम्पनीका संस्थापक तथा प्राविधिक निर्देशक सञ्जय त्रिपाठीले स्वागत तथा कार्यक्रमको बारे प्रकाश पारेका थिए ।
सो अवसरमा कम्पनीका तर्फबाट निर्देशक गौतम, बजार प्रबन्धक अनिल बोहरा र संस्थापक तथा सिटिओ सञ्जय त्रिपाठीले सफ्टवेयरका विशेष्ता, फाइदा र महत्वबारे जानकारी गराएका थिए । सफ्टययर बारे जानकारी गराउँदै कम्पनीका निर्देशक नविन गौतमले ठूला तथा गुुणस्तरीय होटलको उत्कृष्ट व्यवस्थापनका लागि सफ्टवेयर सजिलो, भरपर्दो र प्रभावकारी रहेको बताए । उनले भने ‘स्वदेशमै केही गरौं भन्ने सोँचले हामी युवाहरुकोे अथक प्रयासमा रोजगार, पर्यटन र आर्थिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले सफ्टवयर कम्पनी स्थापना गरी यो सफ्टवयर निर्माण गरेका हौं । यस सफ्टवेयरबाट होटल व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने छ ।’ त्यसैगरी कम्पनीका प्राविधिक निर्देशक सञ्जय त्रिपाठीले सफ्टवयरले होटलको अगाडि रिशेप्शनदेखि एकाउण्ट,किचन पार्किङदेखि पूर्णतया व्यवस्थापनमा सहयोग पुर्याउने बताए ।


कार्यक्रममा व्यापार संघ, रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, क्यान महासंघ, रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ, अडिटर एशोसियशन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद घिमिरे, होटल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष सि.पि.श्रेष्ठ लगाएतले बोल्दै पर्यटन क्षेत्रमा युवाहरुको प्रयास सराहनिय रहेको बताउँदै सफल कार्यान्वयनमा जोड दिन कम्पनी तथा उपभोक्तालाई सुुझाव दिएका थिए । काठमाण्डौंमा मुख्य कार्यालय रहेको उक्त कम्पनीमा हाल ४० जना कार्यरत रहेको कम्पनीले बताएको छ । कार्यक्रममा कम्पनीको तर्फबाट अशोक बस्नेत र उत्तम गिरीको पनि सहभागिता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।