२२ असार २०७९, बुधबार

Jul 6, 2022

रुकुम । जिल्लाको सदरमुकाम घुम्न जाने भनेर उनीहरू गत चैत १ गते घरबाट निस्किएका थिए । उनीहरु कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया छात्रा परिवारलाई खबरै नगरी घरबाट निस्किएका थिए । सदरमुकाम पुग्नै लाग्दा दुवैलाई लिन मोटरसाइल आयो । उनीहरूलाई रुकुमकोट त पु¥याइयो तर सदरमुकाम घुम्ने, कमलदह अवलोकन गर्ने उनीहरूको योजना पूरा भएन । घुम्न निस्किएका उनीहरूलाई बन्धक बनाइयो । भूमे गाउँपालिकाबाट निस्किएका उनीहरूलाई अलिन आधा बाटो पुगेका युवामाथि बन्धक बनाएको आरोप छ । पीडितका अनुसार २३ वर्षीय युवाले आफू बस्दै आएको जिल्ला अस्पतालको पुरानो भवनमा नौ दिनसम्म बालिकालाई बन्धक बनाएर निरन्तर करणी गरेको आरोप पीडितले लगाएका छन् ।

Advertisement

उक्त घटनामा अर्का एक १४ वर्षीय बालक पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । घुम्ने र घुम्नका लागि सहयोग गर्ने भनेर बालिकालाई बोलाएर ती युवाले अर्का बालकको सहयोगमा बन्धक बनाई करणी गरेको प्रहरीको दाबी छ । उनीहरूलाई बिहानै दिसापिसाबका लागि बाहिर लैजाने र फेरि भित्र लिएर थुन्ने गरेको बताइएको छ । हल्ला गरे, चिच्याए, कराएपछि मार्ने धम्की दिएर बन्धक बनाएको प्रहरीले बताएको छ । ९ दिनसम्म दुई–दुई बालिकालाई बन्धक बनाइएको कुरा नजिकै रहेका आफूहरूले चाल नपाएको अस्पतालका कर्मचारीले बताए ।

‘उनीहरू नौ दिनदेखि घरबाट बेपत्ता रहेछन्,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले भने, ‘आमाहरू आएर खोजतलास गरिपाऊँ भनेर निवेदन दिएपछि हामीले खोजी गरेका थियौं, त्यसको एकाध घण्टामा सबै पत्ता लाग्यो ।’ बालिकाको हुलियाका आधारमा खोजतलास गर्दा एउटा कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा बालिका फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । शंका लागेका ती युवालाई कोठाबाहिरै फेला पारियो र उसकै सूचनाका आधारमा बालिका फेला परेको उनले बताए ।

खाटमुनि असजिलो गरी सुताइएको अवस्थामा ती बालिका भेटिएका थिए । उनीहरूको सूचनाले अर्का १४ वर्षे बालक पनि समातिएका थिए । ती बालक भने अलि टाढा रहेको अवस्थामा समातिएका हुन् । चैत १ देखि ९ गतेसम्म निरन्तर बन्धक बनाइएको र करणी पनि गरेको खुलेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । अपहरण गरेर बन्धक बनाई करणी गरेको उनले बताए । ‘थप अनुसन्धान हुँदैछ, अरु कुरा पनि खुल्दै जालान्,’ उनले भने, ‘सबै विषयमा अहिल्यै बोल्न मिल्दैन ।’ प्रहरीले उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दा दायर गरेको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट किशोरलाई १० र बालकलाई ५ दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । दुवै बालिका प्रहरी संरक्षणमा छन् । चैत ९ गते फेला पारेको प्रहरीले मंगलबार मात्रै घटनाबारे जानकारी गराएको हो ।

दुवै बालिका सामान्य परिवारका हुन् । धेरै दिनसम्म छोरीहरू घर नफर्केपछि दुवैका आमा खोजतलास गरिदिनुपर्यो भनेर जिल्ला प्रहरी कार्यालयसम्म पुगेका थिए । उनीहरू दुवैसित मोबाइल समेत छैन । सहजै कुरा गर्न पनि सक्दैनन् । कहिल्यै गाउँ नछाडेका उनीहरू आफैं अचम्ममा परेका छन् । के भइरहेको र के हुने हो भनेर आफूले केही थाहा नपाएको एक बालिकाकी आमाले बताइन् । छोरीहरू कता गए भनेर खोज्न आउँदा यो सबै देखिएको भन्दै उनीहरू अन्योलमा छन् । उनीहरूले प्रहरीकहाँ पनि छिमेकीको मोबाइल नम्बर टिपाएका छन् । आफूहरूसँग मोबाइल नभएका कारण त्यसो गर्नुपरेको उनीहरूले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङको तुलसीपुर पूर्णखोप सुनिश्चिता उपमहानगर कोरोना संक्रमढा बढ्यो, बधुबार थपिए ११३ संक्रमित दार्चुलामा तुइनबाट खसेर किशोर बेपत्ता तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर