७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

मेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ।

Advertisement

अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्। एनएसएले पुराना भर्सनका विन्डोजहरूमा ‘ब्लूकिप’ नाम दिइएको कमजोरी रहेको एक विज्ञप्तिमा जनाएको छ। गत हप्ता माइक्रोसफ्टले पनि विन्डोजका केही पुराना भर्सनहरूमा साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको थियो।

कुन भर्सन कमजोर ?

“विन्डोज ७ वा सोभन्दा अगाडीका भर्सन चलाउने सबै प्रयोगकर्ताहरूले तुरुन्तै अपडेट गर्नुहोला,” माइक्रोसफ्टले भनेको छ। अमेरिकी अधिकारीहरूले ब्लूकिप कमजोरीका कारण कम्प्युटरहरूमा डाउनलोडमार्फत वा आक्रमणमार्फत असर गर्नसक्ने बताएका छन्। त्यस्ता कम्प्युटरहरूमा फाइल चलाउन पैसा माग्ने खालका र्‍यान्समवेयर समेत छिटै राख्न सकिने चेतावनी एनएसएको छ।

त्यो कमजोरीका कारण बाहिरी मानिसले कम्प्युटरमाथि टाढैबाट पुरै नियन्त्रण बनाउन सक्ने इन्टर्न्याशनल कम्प्युटर साइन्स इन्स्टिट्युटका निकोलस विभरले लेखेका छन्।

बच्ने कसरी ?

माइक्रोसफ्टका अनुसार विन्डोज अपडेट गरेर ती आक्रमणहरूबाट बच्न सकिन्छ। हालै अमेरिकाको बाल्टिमोर नगरको स्थानीय निकायका कम्प्युटर प्रणालीमाथि आक्रमण भएर सबै प्रणाली बन्द हुन पुगेको थियो। न्यूयोर्क टाइम्सका अनुसार एनएसएलाई उक्त कमजोरीका बारेमा धेरै पहिलेदेखि थाहा भए पनि उसले यो कुरा गोप्य राखेको थियो। विन्डोजमा भएको यस्तै खालको कमजोरीलाई प्रयोग गरेर गएका तीन वर्षमा थुप्रै आक्रमणहरू भएको बताइएको छ। तीमध्येको प्रमुख आक्रमण “वानाक्राइ” थियो जसले संसारका लाखौं कम्प्युटरहरूलाई असर गरेको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले