ताजा अपडेट »

सर्वाधिक पुरस्कार राशीको भलिबलको उपाधि रुकुमलाई

बुधबार, १९ फागुन २०७७, २० : २२
6 Shares

दाङ्ग । जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता–२०७७ को उपाधि पश्चिम रुकुमले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार एवम् रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलालीलाई २७–२५,२२–२५,१५–२५,२५–१९ र १५ –११ अर्थात ३–२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुम ले उपाधी जितेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको तुलसिपुर अरनिको खेल मैदानमा उच्च मनोबलका साथ फाइनल भिडन्त मा उत्रेको पश्चिम रुकुम ले उपाधिसँगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा हार ब्यहोरेको डल्फिन फिड उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा पिवाईसी रुकुम तृतीय भयो भने हिरा डागी फाउन्डेसन ले सान्त्वना स्थान हात पा¥यो ।

दुबै टिममा रास्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाईनल खेल निकै कडा प्रतिष्पर्धा र रोमाञ्चक भएको थियो । प्रतियोगिता अबधिभर रेफ्री को भुमिकामा राष्ट्रिय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा,स्कोरर मा भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी र रितु चन्द, अर्जुन रोकारहेका थिए । सबैका लागि खेलकूद,खेलकूदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्याउने । लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिता को समापन समारोह नेपाल गणतान्त्रिक खेलकुद महासंघ का केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्द को अध्यक्षता तथा रास्ट्रीय खेलकुद परिषद का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्य एवं नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष निरज मास्केको बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अवसरमा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका बेस्ट प्लेर खेलाडी पश्चिम रुकुमका विशाल बिक, राईजिङ प्लेयर पिवाईसी रुकुमका दिनेश बाठा,बेस्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी,बेस्ट डिफेन्डर डल्फिन कैलालिका राजन दर्लामी मगर,बेस्ट ब्लकर कैलाली कै हेमन्त मल्ल,बेस्ट स्पाईकर दुर्गा बहादुर सुनार बेस्ट कोच डल्फिन कैलाली का ज्ञानेन्द्र बिस्ट घोषित भए ! कार्यक्रमा राष्ट्रिय खेलकूद परिषद तालिम तथा प्रशिक्षण बिभाग का निर्देशक अर्जुन बिक,क्षेत्रीय भलिबल संघ का अध्यक्ष देबेन्द्र बैरागी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासंघका केन्द्रीय महासचिव बिनोद चन्दले गरेका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी