ताजा अपडेट »

दाङमा घरको आँगनमै शिक्षक मृत अवस्थामा फेला

शुक्रबार, १४ फागुन २०७७, १३ : ५१
4 Shares

दाङ । दाङमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० सौंडिकुला बस्दै आएका श्रीधर घिमिरे आफ्नै घरको आँगनमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उनी बिहीवार राति घरमा एक्लै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ४३ वर्षीय मृतक घिमिरेकी श्रीमति र बच्चा माइत गएको हुँदा उनी घरमा एक्लै रहेको बताईएको छ। माध्यमिक विद्यालय लमडरुवामा सहायक प्रधानाध्यापकसमेत रहेका घिमिरेको मृत्युु बारे गहन रुपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार, घिमिरेको घरको दोस्रो तल्लाबाट रातको समयमा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। तर, यसै भन्न नसकिने बताए। घटनाको प्रकृति हेर्दा शौंचालय जान खोजेका घिमिरे झुक्किएर झ्यालबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको उनले बताए ।

यसैबीच, प्रहरीले घिमिरेको घरमा कोठामा खाँदै गरेको मदिरासमेत फेला परेको छ। मदिराले मातेर शौंचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए। घटनाको विषयमा पोष्ट मार्टम रिपोर्टपछि मात्रै थप कुरा भन्न मिल्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।