ताजा अपडेट »

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

आइतबार, ०९ फागुन २०७७, २१ : १८
77 Shares

दाङ । नेपालकै दोस्रो लामो भनिएको दाङको सिसहनिया-महादेवा जोड्ने पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुलको गत माघ १२ गते बिधिवत रुपमा उद्घाटन गरेका थिए । पुलको सम्पूर्ण भाग गढवा गाउँपालिका-२ महदेवाको मौजामा पर्छ । तर शिलालेखमा सिसहनिया लेखेर प्रधानमन्त्रीले उद्घाटन गरेका हुन । सिसहनिया राप्ती गाउँपालिका अन्तरगत पर्छ । यसरी आफ्नै मौजामा पर्ने ठाउँकै नाम छुटाएपछि स्थानीय रुष्ट बनेका थिए । उनिहरुले शिलालेखको नाम सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए ।

गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले नाम सच्याउन निर्माण कम्पनीलाई बारम्बार आग्रह गरेको बताउँछन् । तर,यत्तिका दिन बितिसक्दापनि नाम सच्याउनमा ढिलाई भएपछि शिलालेख तोडिएको हुनसक्ने चौधरीले अनुमान गरे । यता पुल निर्माण कम्पनिका सुपरभाईजर लक्ष्मण ढकालले उद्घघाटन र शिलालेखमा आफुहरुको कुनै भुमिका नरहने बताउँछन् ।

उद्घाटन र शिलालेख सरकारको काम हो, यसमा हाम्रो भुमिका हुँदैन सुपरभाईजर ढकालले भने-हाम्रो काम भनेको निर्माण गर्ने हो, निर्माण र उद्घाटन फरक कुरा हुन । उता इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले कसले तोडेको भन्ने बारेमा अनुसन्धान भईरहेको बताए । शिलालेखमा नाम फरक पारेका कारण तोडिएको हुनसक्ने हल्ला सुनेपनि एक्किन बताउन नसक्ने अबस्था रहेको उनको भनाई छ । उद्घाटन कार्यक्रममा सुरक्षाको कारण देखाउँदै स्थानीयलाई प्रवेश निषेध गरिएको थियो । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८ सय ६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ ।

https://www.globalaawaj.com/archives/76317
सुमन केसी
लेखकको बारेमा
सुमन केसी