March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

अचम्मको हात्ती ढुङ्गा ,पर्यटक तान्न सडक मर्मत गर्दै

1.2K

तुलसीपुर । एउटा अचम्मको ढुङगा जसले पर्यटनको आकर्षक बोकेको छ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने यो ढुङ्गोलाई स्थानीयले पूजा गर्ने गर्छन् । केही स्थानीयहरुले भने यसलाई हात्ती ढुङ्गा नामाकरण गरेका छन् । यो आकर्षण हो तुलसिपुर उपमहानगरपालिका-१४ मा अवस्थित ड्वाङपुरको । त्यस ठाँउका मानिसले यसलाई हात्ति ढुङ्गाको नामले चिन्ने गर्दछन् ।

प्राकृतिक बनोटसंगै यसमा एउटा धार्मिक कथन पनि जोडिएको छ । परापुर्वकालमा पाँच पाण्डवहरु त्यस ठाँउमा आई एक रात बास बसेको भन्ने किङबदन्ति रहेको हात्तिढुङ्गा संरक्षण समितिको भनाई छ । हात्ति ढुङगा संरक्षणको लागि समितिले काम गरीरहेको छ । प्राकृतिक रुपमा बनेको यो स्थानको बारेमा धेरैलाई थाहानै छैन । लगभग ५०÷६० बर्ष पहिले देखिनै यो दृष्य जस्ताको तस्तै छ । पहिलेको तुलनामा वरपरका दृष्य परीवर्तन भएका छन् तर ठूलो ढुङ्गाको संरचना भने फेरीएको छैन ।

यो स्थान अवलोकन गर्न बिभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन् । स्थानीय किवानिज क्लव अफ राप्तीको पहलमा थोरै भएपनि बाटो निर्माण भएपछि पर्यटकहरुलाई त्यस ठाँउमा आउन सहजभएको छ । पर्यटकीय केन्द्रका रुपमा परिचित हात्ती ढुंगा हेर्न दैनिक सयौँ आन्तरिक पर्यटकहरु आउने गरेको भएपनि त्यहाँसम्म पुग्नका लागि सडक राम्रो नहुदाँ पर्यटकहरुले सास्ती भोग्नु परेको थियो । त्यस क्षेत्रको ऐतिहासिक महत्वसँगै प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकको आवागमनमा थप वृद्धि हुन सक्ने स्थानीयहरु बताउछन् । स्थानीय नीकाय तथा नेपाल सरकारले त्यसतर्फ ध्यान नदिएको उनीहरुको गुनासो छ । सरकारको बेवास्ताको बाबजुद पनि स्थनीय क्लबले अग्रसता देखाएर हत्ती ढुङ्गाको संरक्षण र प्रचार-प्रसारमा लागेको हो ।

यसैबीच किवानिज क्लबका अध्यक्ष विमल पोखरेलको नेतृत्वमा, संसद कोमल वली, वडा अध्यक्ष पशुराम चौधरी, स्वामी केशव आचार्य, क्बलका संरक्षक जागेश्वरी वली, कार्यपालिका सदस्य जानका रेग्मी, पत्रकारसहितका टोली त्यहाँ पुगेको छ । त्यहाँ जाने पर्यटकहरुले सडक, खानेपानीलगायतको समस्या रहेको गुनासो गरेपछि आफूहरुले सडक मर्मत तथा खानेपानीको व्यवस्था गर्न लागेको किवानिज क्लबका अध्यक्ष पोखरेलले बताए । गत वर्षबाट बजेट खर्च गरी केहि संरक्षणमा लागेको भएपनि भने जसरी संरक्षण र बिकास गर्न नसकेको स्थानीय तहले स्विकार गरेका छन् । संरक्षण नहुँदा जिर्ण बन्दै जान थालेपछि संरक्षणको पहलकदमी थाल्ले उनीहरुले बताएका छन् ।

पछिल्लो अपडेट