ताजा अपडेट »

थप ६५९ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

सोमबार, १३ पुस २०७७, १७ : २२
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५० हजार ५८१ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।