ताजा अपडेट »

थप ५०० जनामा कोरोना संक्रमण, ३ को मृत्यु

शनिबार, ११ पुस २०७७, १६ : १३
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५०० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४९ हजार १३२ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।