ताजा अपडेट »

आफ्नै विद्यालयको भ्यानले ठक्कर दिँदा क्यानन बोर्डिङ बुटवलकी ४ वर्षिया स्मृतिको मृत्यु

मंगलबार, ०७ पुस २०७७, १८ : ०३
6 Shares

बुटवल । बुटवलको क्यानन ईङ्लिस बोर्डिङ स्कूलको भ्यानले ठक्कर दिदाँ आफ्नै स्कुलमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ मझुवामा क्यानन ईङ्लिस बोर्डिङ स्कुलको लु १ च ७००२ नं.को भ्यानले सोमबार बिहान सोही स्कुलको एलकेजीमा अध्यानरत ४ वर्षिया स्मृति थापाको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट घाइते बालिकाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

https://www.globalaawaj.com/archives/70058
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।