ताजा अपडेट »

सदरमुकाममै सडकको दुर्दशा, डेढ कि.मि. सडक ३ वर्षमा पूरा भएन

सोमबार, २२ मंसिर २०७७, १० : ५९
92 Shares

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निलो गेटदेखि बुद्धचोकसम्म निर्माण भइरहेको डेढ कि.मि. सडक ३ वर्ष वितिसके पनि पूरा हुन सकेको छैन् । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन नसक्दा परासीका स्थानीय बासिन्दाले धुलो खानु परेको छ।

सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ कि.मि.सडक फोर लेनको रुपमा विस्तार हुँदै । निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था बिजोग देखिएको छ । पीच निर्माणका लागि भन्दै ३ महिना अघिबाट सडक छेउमा गिट्टीहरु लथालिङ छाड्दा दुर्घटनाहरू बढेको छ । सडक पेटी र छेउछाउमा हुने काम पनि अधुरै छ । तारहरू जताततै छरिएका छन्। त्यस्तै धुलोका कारण जनजीवन सास्ती बनेको छ । सडक पेटमा बिछ्याउने ब्लक स्थानीयले समेत चोरी गरेकाछन् । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माणको काम सुरु गरेको हो ।

सडक निर्माणका लागि महालक्ष्मी सुनकोशी वल्र्ड वाईज जेभी काठमाण्डौंले कुल १५ करोड ९७ लाखमा ठेक्का लिएको छ । डिभिजन कार्यालयबाट भएको निर्माण कार्यको स्थानीय स्तरमा अनुगमन र सहजीकरण गर्न रामग्राम नगरपालिकालाई पनि जिम्मेवारी दिइएको छ । तर नगरपालिकाले वास्ता नगर्दा सदरमुकामको अवस्था बिजोग बनेको छ । स्थानीय तथा प्रदेशका सासंदले विकासको उदाहरण यसै सडकलाई दिने गरेका छन्।

२ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने शर्तमा २०७४ असार २९ गते कम्पनीले सडक निर्माणको सम्झौता गरेको थियो । समयमा काम सम्पन्न गर्न नसकेपछि ३ पटकसम्म म्याद थप गरिएको छ । पछिल्लो पटक कोरोना संक्रमणको कारण देखाउँदै २०७७ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनका इन्जिनियर माधव कटुवालले जानकारी दिए । दुवै तर्फ सडकको चौडाई १ सय फिट ९३०.५ मिटर छ । जसमा नाली, फुटपात, डिभाईडर, हरियाली क्षेत्र, सोलार, कर्व स्टोन, टिक ड्रेनलगायतका संरचना निर्माण हुने छन् ।

त्यसैगरी कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र टिक ड्रेन निर्माण रहेका छन् । ति मध्ये अधिकांश काम अझै पूरा भएको छैन । पीच निर्माणमा प्रयोग हुने सामाग्री राख्नका लागि ठाउँ अभाव भएर ढिलाई भएको बताए । निर्माण अवधिको म्याद नथपिए २/३ महिनामा पीच हुने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।