ताजा अपडेट »

बुटवलको फूलबारीमा पर्यटकको चहलपहल बढ्यो

शनिबार, १३ मंसिर २०७७, १८ : २८
22 Shares

बुटवल । विश्वव्यापी कोरोना महामारीपछि आन्तरिक पर्यटकहरुलाई लक्षित गरी पार्क, धार्मिक स्थल तथा ऐतिहासिक क्षेत्रहरुमा घुम्नका लागि खुला गरिएसँगै चहलपहल वृद्धि हुन थालेका छन् । बुटवल उपमहानगरपालिकामा अवस्थित मणिमुकुन्दसेन उद्या (फूलबारी) मा आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको छ ।

करिब डेढ महिना अघिदेखि पर्यटकहरुका लागि खुला गरिएको उद्यानमा पर्यटकहरुको आवागमनमा दैनिक रुपमा वृद्धि हुँदै गएको त्यहाँका कर्मचारी सुकबहादुर न्यौपानेले बताए । ‘विगतका वर्षहरुको तुलनामा लगभग शुन्य जस्तै भएपनि कोरोना महामारीपछि यो साता पर्यटकहरुको आगमनमा वृद्धि भएको छ ।’-न्यौपानेले भने, दैनिक दुई/ढाई सय पर्यटकहरु आउने गरेका छन् भने शनिबारका दिन ५ सय बढी पर्यटकहरु आउने गरेका छन् ।

लकडाउन पछि पहिलो पटक शनिबार बनभोज कार्यक्रम लिएर आधा दर्जन बढी समूह आएको बताउँदै उनले पर्यटकको आगमनमा वृद्धि हुँदै जाने आशा व्यक्त गरे । उद्यान घुम्नका लागि आउने पर्यटकहरु अधिकांश रुपन्देही भित्रका नै हुने गरेको बताउँदै फाट्ट-फुट्ट मात्रै अन्य जिल्लाहरुबाट पर्यटक आउने गरेको बताए ।

https://www.globalaawaj.com/archives/66435
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।