१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

दाङ्ग । तुलसीपुर-११ निवासी ७६ बर्षिय रेशम बहादुर भण्डारीको गत शनिबार कुर्सीबाट लडेर निधन भयो । उता घोराही-९ निवासी ६७ बर्षिय चिन्ता बहादुर बुढाथोकीको कारोना संक्रमणकै कारण शनिबार राति उपचारकै क्रममा निधन भएको थियो । भण्डारीको कुर्सीबाट लडेर गम्भिर घाईते भई भैरहवामा उपचारकै क्रममा शनिबार राति निधन भएको थियो भने सोहि दिन बुढाथोकीको कोहलपुरमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।

बुढाथोकीलाई गएको कात्तिक २६ गते संक्रमण देखिएको थियो । भण्डारी र बुढाथोकी नाताले सम्धी हुन् । भण्डारीका माईला छोरा अर्जुन भण्डारीले बुढाथोकीकी छोरीसंग विवाह गरेका छन् । तर, कस्तो संयोग ! उनीहरु दुवै जनाको एकै दिन निधन भएको छ । दुवै जनाको एकैदिन निधन हुँदा अर्जुन भण्डारी र उनका श्रीमतीलाई पीडा माथि पीडा थपिएको छ । यता भण्डारीका पुजनिय वुवाको निधन भएको छ भने उता आफनै ससुरा बुवाको निधन भयो । यो दु:खदायी घटनाको पिडालाई कल्पना समेत गर्न नसकीने उनको पारिवारिक स्रोतले बताएको छ ।

भण्डारी तत्कालिन उरहरी गाविसका अध्यक्ष ,प्रधानपन्च र उरहरी माध्यामिक विद्यालय व्यवस्थापन समिति समेत भएर काम गरेका थिए भने बुढाथोकी नेपाल शिक्षक संघका पुर्व केन्द्रिय उपाध्यक्ष हुन् । भण्डारीको परम्परा अनुसार दाहसंस्कार गरिएको छ भने बुढाथोकीको कोरोना संक्रमणका कारण दाहसंस्कार गर्न पाएनन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग