२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

भक्तपुर । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो ।

Advertisement

हतारहतार मोबाइलबाट डाटा चलाउन खोज्दा पैसा काटियो तर डाटा स्लो हुँदा उनको आधा परीक्षा छुट्यो । ४ बजे विद्युत् आएपछि हतारहतारमा परीक्षामा बसेकी उनको समय सकिएको जानकारी गराउँदै स्कुलले परीक्षा रोकिदियो ।

चार दिनदेखि अनलाइन माध्यमबाट परीक्षा शुरु गरेको विद्यालयले आपत्कालीन अवस्थाका लागि अतिरिक्त व्यवस्था नगर्दा परीक्षा छुटेपछि छात्रा गिरी मात्रै होइन धेरै विद्यार्थी मानसिक तनावमा परेका छिन् । विद्यालयलाई विद्युत् गएर परीक्षा रोकिएको जानकारी गराउँदा सिस्टममै निर्धारित समयभन्दा बढी गए आफैँ काटिने भएकाले विद्युत् गए पनि परीक्षामा सहभागी हुन नपाउने जवाफ दिएको अभिभावक बताउँछन् ।

यो एउटा उदाहरण मात्रै हो, अचेल अनलाइन कक्षाका बहानामा विद्यालयलाई शुल्क उठाउन सजिलो भए पनि इन्टरनेट प्रदायक कम्पनी र विद्युत् प्राधिकरणको लापरवाहीका कारण अनलाइन कक्षामा सहभागी अधिकांश विद्यार्थी मानसिक तनावमा परेका छन् । कक्षा लिँदा होस् वा परीक्षा दिँदा बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत् प्रवाह बन्द हुने र जुनसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइन कक्षामा अध्ययनरत विद्यार्थी थप मानसिक तनावमा परेका छन् ।

कक्षा १० मा अध्ययन गर्दै गरेका मध्यपुरथिमि कौशलटारका आयुश शर्माका पिता रामेश्वर शर्माले बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने र इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीको पढाइ प्रभावकारी नभएको बताउँछन् । पछिल्लो समयमा विद्यालयले पूरा शुल्क लिने तर विद्यार्थीले सहज पढ्न नपाउने समस्या र गुनासो सबै अभिभावकसँग भएको उनको भनाइ छ । अनलाइन कक्षा सञ्चालन भएका विद्यार्थीका अधिकांश घरमा कुनै न कुनै कम्पनीका ४० देखि ६० एमबीसम्मका इन्टरनेट राखे पनि सबैले इन्टरनेट स्लो हुने गरेको गुनासो गर्ने गरेको बताउँछन् ।

इन्टरनेट कम्पनीले शुल्कअनुसारको सेवा नदिएर ठगी गर्दा पनि कारवाही नहुनु विडम्बना भएको बताउँछन्, उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा । “ठगी गर्नेलाई कारवाहीमा ल्याउनु सरकारको दायित्व हो तर सरकारको यसमा ध्यान जान सकेको छैन”, उनले भने ।

मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीकी सुरुची कार्कीको गुनासो पनि उस्तै छ । कक्षा १० मा अध्ययनरत उनी बेलाबेलामा झ्याप्प झ्याप्प जाने बत्ती र अति स्लो हुने इन्टरनेटका कारण पढाई प्रभावकारी नभएको बताउँछिन् । उनी भन्छिन्, “अनलाइन कक्षाका लागि नयाँ ल्यापटप ल्याइयो, घरमा ६० एमबीको इन्टरनेट जोडियो, केही दिन त ठिकै थियो, अहिले त बेलाबेलामा बत्ती जाने र इन्टरनेट अति स्लो हुने गर्दा पढ्नै सकिएन, खै कसरी एसइई परीक्षा दिन सकिएला ?”

विशेषगरी कक्षा १० मा अध्ययनरत विद्यार्थी पछिल्लो समयमा निकै मानसिक तनावमा परेका छन् । सरकारले एसइईको परीक्षा कसरी सञ्चालन गर्ने हो भन्ने टुङ्गो लागेको छैन, अनलाइन कक्षाका नाममा विद्यालयले वैशाखदेखि साउनसम्मको आधा शुल्क र साउनदेखि पूरै शुल्क लिएर अनलाइनबाट पढाइरहेका छन् तर पढाइ प्रभावकारी नहुँदा विद्यार्थी मारमा छन् ।

अनलाइनमा पढ्दा कहिले सर्भर ह्याङ हुने समस्या त छँदैछ, अधिकांश विद्यार्थी र अभिभावकको गुनासो पढाइको गुणस्तरीयतामा पनि कमी आएको छ । अधिकांश विद्यालयका अनलाइन कक्षामा एउटै विषयमा फरक दिनमा फरक शिक्षक आउने भए पनि विद्यार्थी झन अन्यौलमा पर्ने गरेको अभिभावकदेखि विद्यार्थीसम्मको गुनासो छ ।

विद्यालयले तलब नदिएकै कारण धेरै विद्यालयका शिक्षकले छाडेपछि अचेल अधिकांश विद्यालयले एउटै शिक्षकबाट फरकफरक विषयको अध्यापन गराइरहेका छन् । सरकारले अनलाइन कक्षाको नियमन नगर्दा, स्थानीय सरकारले बेवास्ता गर्दा र अभिभावक सङ्घले चासो नदिँदा शुल्क उठाउन पाएपछि विद्यालय सञ्चालक शान्त बने पनि विद्यार्थी र अभिभावक भने सधैँ तनावमा रहने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने