ताजा अपडेट »

यस्ता छन् रुख कटहर खानुका अचुक फाइदाहरु

विहीबार, ०८ असोज २०७७, ११ : ५४
85 Shares

काठमाडौँ । हामीले खाने प्राय फलफुलहरूले हाम्रो शरिरलाई कुनै न कुनै रुपमा फाइदा गरिरहेकै हुन्छ । यस्तै हाम्राे स्वास्थ्यका लागि निकै फाइदा मुलक फलफुलहरू मध्ये रुख कटहर एक हाे ।

नेपालको सन्दर्भमा रुख कटहर तराईदेखि पहाडसम्म पाइन्छ । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । काँचो छँदा तरकारी खाइने भए पनि पाकेपछि यसको फल खाइन्छ ।

यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ । यसमा क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने र सेलाएपछि एक गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।

यस्ता छन् रुख कटहरु खानुको फाइदा :-

जोर्नीको दुखाई :- कटहरको बोक्राबाट निस्कने दुधलाई सुन्निएको, घाउ वा काटिएको, फाटिएको अंगमा लगाएमा दुखाईबाट राहत मिल्छ । त्यस्तै जोर्नी दुखेमा कटहरको पातबाट निस्कने दुध लगाएमा राहत मिल्छ ।

रक्तअल्पताबाट बचाउछ :- कटहरको सब्जी वा यसबाट बनेको अचार आइरनको राम्रो स्रोत हो । यसको सेवनले रक्तअल्पताबाट बचाउनका साथै रक्त सञ्चार पनि सामान्य रहन्छ ।

आँखाको ज्योति बढाउछ :- यदि तपाईलाई पाकेको कटहर मनपर्छ र खाने गर्नुहुन्छ भने यसले तपाईको शरीरमा ताजापन ल्याउँछ । कटहरमा भिटामिन ए पाइन्छ, जसले आँखाको ज्योति बढाउछ र छालामा निखार पनि ल्याउछ ।

बलियो हड्डीका लागि :- कटहरमा पर्याप्त मात्रामा पाइने म्याग्नेसियमले हड्डीलाई स्वस्थ्य र बलियो राख्छ । यदि परिवारमा कसैलाई हाड सम्बन्धी समस्या छ भने प्रत्येक हप्ता कटहरको सेवन गराउनु उपर्युक्त मानिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई पनि बढाउछ ।

दमका रोगीका लागि गुणकारी :- दमका रोगीका लागि कटहर रामवाणको काम गर्छ । काँचो कटहर उमालेको पानी सेलाएर पिउनुहोस् । नियमित रुपले यसो गर्नाले दमका रोगीलाई फाइदा हुन्छ ।

पाचन क्रियालाई तन्दुरुस्त बनाउछ :- कटहर सेवन गर्ने व्यक्तिमा अल्सर तथा पाचनसँग जोडिएका समस्या हुँदैन । कटहरमा फाइबरको मात्रा बढी हुने भएकाले कब्ज्यतको समस्याबाट टाढा राख्छ । कटहरको पात सुकाएर बनाएको धुलो अल्सरका रोगीलाई खान दिएमा राहत मिल्छ ।

अनुहारका लागि :- कटहरको दानालाई सुकाउनुहोस् र सुकेको दानालाई पाउडर बनाएर त्यसमा थोरै मह मिसाएर अनुहारमा लेप लगाउनुहोस् । त्यसको १० देखि १५ मिनेट राखेपछि मनतातो पानी र फेसवासले धुनुहोस् । यसो गर्दा अनुहारको दाग हट्छ ।

मुटुका लागि :- कटहरमा क्यालोरी हुँदैन, त्यसैले यो मुटुसँग जोडिएको थुप्रै रोगीका लागि फलदायी मानिन्छ । कटहरमा पोटासियमको मात्रा बढी हुने भएकाले पनि मुटु रोगीका लागि फाइदाजनक हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।