७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

घनश्याम मुखिया गुरुको अध्ययनका लागि लामो समय भारतमा बिताए । त्यहाँ बस्दा उनको रुझान शारीरिक सुगठन तर्फ रह्यो । विस्तारै भारतमा हुने शारीरिक सुगठनका प्रतियोगिताहरु समेत उनले भाग लिन थाले । सन् १९७१ मा भारतमा आयोजित विश्व बिहार शारीरिक सुगठन प्रतियोगिताको उपाधि उनले जित्न सफल भए । भारतबाट वि.सं. २०२७ साल तिर नेपाल छिरे । उति बेला विराटनगर तिर कुस्ति पेहलवानीको खुब चर्चा चल्थ्यो ।

Advertisement

नेपाली चलचित्रका नायक शिव श्रेष्ठ, पार्थसारथि सेन गुप्ता मिठु), प्रकाश पाठक लगाएतका युवाहरु पेहलवानी गर्ने गरेको उनले थाहा पाए । सुरुवातदेखि हेर्ने हो भने शारीरिक सुगठन खेललाई भारत्तोलनसँग नै जोडिएर हेरिन्थो । उनले यो पहलमानी नभइ शारीरिक सुगठन (बडी बिल्डिङ्) भएको कुरा बुझाए । वि.सं. २०३१ साल तिर उनि नेपाल प्रहरीमा जागिरको शिलशिलाका राजधानी छिरे । काठमाडौंमा वि.सं. २०१० सालमा स्थापना भएको नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरले २०२५ सालको सेरोफेरोबाट जीमखाना खोलेको थियो । सुरुवाती दिनमा त्यसले कुस्ती प्रतियोगिताहरु आयोजना गथ्र्यो । त्यही व्यायामशालामा उनको भेट शिवलाल श्रेष्ठ, गोबिन्द चित्रकार र वर्णबहादुर श्रेष्ठसँग भयो ।

त्यति बेला नेपाल व्यायाम मन्दिरमा हिरा चा भनिने हिराकाजीले प्रशिक्षण दिने गरेका थिए । उनि आएपछि नेपाल व्यायाम मन्दिरमा उनले नै प्रशिक्षण दिन थाले । वि.सं. २०३० सालमा रधु बन्तको सक्रियतामा एमेच्युर एथ्लेटिक्स युनियन क्लबको आयोजनामा प्रथम मिस्टर काठमाडौं शारीरिक सुगठन सम्पन्न भईसकेको थियो । वि.सं. २०३३ सालमा एमेच्युर एथ्लेटिक्स युनियन क्लबको आयोजनामा नै झन्दै २० जना खेलाडीको सहभागिता भृकुटी मण्डपको सभागृहमा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता भयो । त्यसमा विजेता बन्न सफल भएको उनि बताउँछन् । उति बेलाका शारीरिक सुगठन प्रतियोगिताहरु आज जसरी बजन समुहमा नभएर उचाइका आधारमा हुने गरेको उनि सम्झन्छन् ।

५.२ फुट सम्मको शट हाइट, ५.२ फुट देखि ५.६ फुट सम्म मिडल हाइट, ६ फुट सम्म टल हाइट गरि तिन समुहमा प्रतियोगिता हुने गरेको उनले बताए । पछि सन् १९७८ भारतमा आयोजित अर्जुन श्री अफ बंगल शारीरिक सुगठन प्रतियोगिताको उपाधि समेत उनले जिते तर राष्ट्रिय खेलकुद परिषदको आयोजनामा वि.सं. २०३८ सालमा सम्पन्न प्रथम राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा जगिरको शिलशिलका भारत जानु परेकोले खेल्न नपाएको दुख अनि आज पनि सम्झन्छन् । पछि उनले नेपाल शारीरिक शारीरिक सुगठन संघको नेतृत्वमा रहेर काम गरे । उनकै पालामा नेपालमा पहिलो अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता 2nd South Asian Bodybuilding championship 2000 kathmandu आयोजना गर्यो ।

जस्मा टिम विजेता सहित १ स्वणर्, ३ कास्य र ४ रजत प्राप्त गरेका नेपालले दक्षिण एशियामा शारीरिक सुगठन खेलमा पहिलो पटक आफ्नै माटोमा धाक जमाउन सफलता पाएको थियो । नेपाल व्यायाम मन्दिरका मध्यमबाट उनले लामो समयसम्म आफु भएको शारीरिक सुगठनको ज्ञान हजारौ खेलाडीलाई बाँडी सकेका छन् । हाल उनि केहि समयका लागि नेपाल बाहिर छन् । नेपालमा पहिलोपटक बडी बिल्डिङ सिकाउने व्यक्ति घनश्याम मुखिया गुरुलाइ पछिल्ला पिडीले सम्झन छाडेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल