७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

नेपालमा शारीरिक सुगठनको इतिहास केलाउने क्रममा थिए। रमेशनाथ खनाल गुरुलाइ सो बिषयमा राम्रो जानकारी छ भन्ने थाह पाए पछी वहांलाइ भलाकुसारी गर्ने मेसो मिलाए । कुराकानीका क्रममा खनाल गुरुले आफु पहिला एक कुशल फुटबल खेलाडी भएको बताए । उनले धरानमै रहेर धेरै खेल खेले । फुटबलमा उनी धरानको अञ्चलस्तरीय खेलाडी थिए ।

Advertisement

वि.सं. २०२४ मा धरानमा भएको खेलाडी छनोट कार्यक्रममा आफु असफल भए पछि दुखि बनेर बसेका बेला एक जना साथी आएर ‘एउटा राक्षस जस्तो मानिस देखें ।’ त्यसको हातखुट्टा यति मोटामोटा छन् । छाती पनि यति ठूलो छ ।’ भन्दै त्यसको बयान गर्यो । नभन्दै पुलिस क्याम्प पुग्दा थाहा भयो ती व्यक्ति मिस्टर सिंगापुर भइसकेका बडिबिल्डर धनकुटा घर भएका गणेश प्रधान छुट्टीमा घर आएका रहेछन् । उनलाई गुरु बनाएर शारीरिक सुगठन (बडिबिल्डिङ) छ महिना बडिबिल्डिङ प्रशिक्षण लिए । कलकत्ताबाट सामानहरु मगाएर धरानको पृथ्वीमार्गमा डाँफे जिम्नाजियम युथ क्लब सञ्चालनमा आयो । वि.सं. २०२५ सालताका दुई वर्ष प्रशिक्षण लिएपछि वि.सं. २०२७ सालमा डाँफे जिम्नाजियम युथ क्लबको आयोजनामा मिस्टर धरान प्रतियोगिताको आयोजना भएको थियो ।

नेपालमा यो नै पहिलो शारीरिक सुगठन प्रतियोगिता हुनु पर्छ । उनले ‘मिस्टर धरान’ को उपाधि नै हात पारे । गणेश प्रधानको निर्णायकत्व मा ६ जना सहभागी उक्त प्रतियोगितामा गोपी पौडेल मि अब्डर्मिनल डि के मुखिया मि आर्मस उपाधि जितेको उनी सम्झन्छन् । आज पनि धरान जाँदा उनी मिस्टर धरानकै नामले चिनिन्छन् । उच्च शिक्षाको अध्ययनका लागि उनि पछि काठमाडौं छिरे । तत्कालिन समयमा ग्रिसका पावर लिफिङ्ग प्रेमी एन्थोनी जो घुम्न नेपाल आएका थिए । जस्ले आफुसग थुप्प्रै खेल सामग्री लिएर आएका थिए । उनीसंग निरन्तर व्यायाम गर्ने शुरु गरे । वि सं. २०३० सालमा ठमेलमा रधु बन्तको सक्रयतामा एमेच्युर एथ्लेटिक्स युनियन क्लबको आयोजनामा मिस्टर काठमाडौं शारीरिक सुगठन आयोजना भएको थियो । सो प्रतियोगितामा भारतको मद्रासबाट आएका खेलाडी हेनरी बबी प्रथम, रधु बन्त दोश्रो र उनी तेस्रो भए । पछि उनी नेसनल ट्रेडिङमा जागिरे भए ।

जागिरको शिलशिला उनी नेपालभरि जहांजहां पुग्थे शारीरिक सुगठनको प्रचार प्रसार गर्ने गरेको उनले बताए । एक पटक जाडोको बेला मन्त्रीसँग हुम्ला गएको बेला साँझ पख शरीरको प्रदर्शन गरेको र भोलिपल्ट सबैले उनलाई राक्षस सम्झेर बजार बन्द गरेको प्रसंग उनले हांस्दै सुनाए । जागिरको अवधिमा उनले स्पोर्टस साइकोलोजीमा एमएस गर्ने नेपाल सरकारको प्लानमा युरोप समेत गएको उनले बताए । उनले वल्र्ड क्लास निर्णायकको मान्यता पाएपछि सन् १९७८ मा जापानमा आयोजना भएको मिस्टर युनिभर्सको निर्णायक भएका थिए । त्यसबेला हालका हलिउड अभिनेता आर्नोल्ड श्वाजनेगर मिस्टर युनिभर्स घोषित भएका उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल