२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बुटवल । बुटवल-भैरहवाका विभिन्न स्थानमा संचालन भइरहेका उद्योगहरुलाई विद्युत प्राधिकरणले ट्रंकलाइन सरह विलिङ्ग गरी बक्यौता शुल्क बुझाउन ताकेता गरेपछि रुपन्देही उद्योग संघले विरोध जनाएको छ । २०७२ सालदेखिको ट्रङ्क लायइन विलिङको बक्यौता बुझाउन प्राधिकरणले उद्योगहरुलाई ताकेता गरेपछि उनिहरुले समस्या समाधानको माग गर्दै ध्यानाकर्षण गराएका छन् ।

Advertisement

संघले उद्योगीहरुको माग र सहमती विनै नेपाल प्राधिकरणले एकलौटी ढंगबाट लागु गरेको विलिङ्ग उद्योगी माथि अन्याय भएको ठहर निकालेको छ । रुपन्देही उद्योग संघका पदाधिकारी तथा प्रभावित उद्योगीहरुसँगै नेपाल विद्युत प्राधिकरण प्रदेश ५, प्रादेशिक कार्यालयमा डेलिगेसन गएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको डेलिगेसन टोलीले प्रदेश कार्यालयका प्रमुख ईन्जिनियर नवराज सुवेदीसँग भेट गरी ट्रंक लाइन विलिङ्गको रकम उद्योगीले कुनै पनि हालतमा तिर्न नसक्ने हुँदा तत्काल समस्या समाधान गर्न अनुरोध गरेको छ । प्राधिकरणको यस्तो व्यवहारले औद्योगिक वातावरण खलबलिएको हुँदा यस विषयमा गम्भिर बनिदिन समेत संघले आग्रह गरेको छ ।

राष्ट्रिय सभाका प्रमुख सचेतकसँग छलफल

रुपन्देही उद्योग संघले बुटवल-भैरहवाका विभिन्न क्षेत्रका उद्योगीहरुलाई ट्रंक लाइन विलिङ्गले उत्पन्न गरेको समस्या सम्बन्धमा राष्ट्रिय सभा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईसँग छलफल गरेको छ । संघको सचिवालयमा भएको छालफलमा अध्यक्ष बोहोराले नेपाल विद्युत प्राधिकरणले एकतर्फी ढंगबाट गरेको अन्यायपूर्ण व्यवहारले उद्योगीहरु आक्रान्त बनेको बताउँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नु गरे ।

उद्योगीका समस्या सम्बन्धमा संघका पूर्व अध्यक्ष नेपाल उद्योग परिसंघ प्रदेश नं. ५ संयोजक एजाज आलम, अध्यक्ष परिषदका संयोजक पूर्व अध्यक्ष सतिशचन्द्र कसौधन, उद्योगी चन्द्रमान श्रेष्ठ, देवेन्द्र साहु लगायतले समस्याबारे जानकारी गराएका थिए । उद्योगीहरुसँगको छलफलमा सचेतक भट्टराईले उनीहरुले भोगेका समस्या समाधानका लागि तत्काल पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका