ताजा अपडेट »

गुल्मीमा पहिरोले मालबाहक ट्रक बगायो

मंगलबार, १३ साउन २०७७, १५ : ११
10 Shares
मंगलबार, १३ साउन २०७७
10 Shares

बुटवल । गुल्मीमा पहिरोले ट्रक बगाएको छ । बुटवलबाट छड र सिमेण्ट लिएर शान्तिपुर जाँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रक चन्द्रकोट गाउँपालिका–७ खसीमारे भन्ने स्थानमा गयराती बगाएको प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

उक्त ट्रक सोमबार बुटवलबाट शान्तिपुर जाँदै गर्दा खसीमारेमा हिलोमा अड्किएको थियो । गयराति सोही ठाँउमा पहिरो जाँदा पहिरोले ट्रकलाई सडकबाट करिब १ किलोमिटर तल बगाएको उनले बताए । ट्रकमा भएका सामानमा क्षति पुगेता पनि कुनै मानवीय क्षति भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।