२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

गुल्मी । नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्टमन्त्री प्रदिप ज्ञवालीले भारतसँगको सम्वन्ध सुमधुर बनाउन र सहकार्य गर्न जुत्ता भित्रको ढुङ्गा निकालेर मिल्काउनै पर्ने बताएका छन् । नेपाली भूूमी अतिक्रमण लगाएतका विषयलाई नेपालीका लागि पैतला बिझाउने जुत्ता भित्रका ढृुङ्गाको संज्ञा दिँदै उनले नेपालीहरुलाई बिझाई रहने ती ढुङ्गाहरु नमिल्काएसम्म सम्वन्ध सुमधुर भई रहन नसक्ने धारणा राखे ।

Advertisement

शनिबार गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपाको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो धारणा राखेका हुन् । उनले भने ‘ यति बेला विवादमा अल्झीने बेला होइन, सवै राजनैतिक दल विच एकता गरेर कोरोना बिरुद्ध लड्न कसरी सकिन्छ । रोजगारी गुमाएकाहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ । भारतले मिचेको नेपाली भुमी कसरी फर्काउन सकिन्छ भनेर चिन्ता गर्ने बेला हो ।’ यतिबेला पार्टी भित्र विवाद निकाल्ने बेला नभएको धारणा राखेका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाको शिर्ष नेतृत्व घरको एउटा धुृरी खाँवो भएको र त्यो धुरी खाँबो नै ढल्यो भने अस्तीत्व नै समाप्त हुने बताए । उनले कार्यकर्ताहरुलाई पार्टी नफुट्ने कुरामा आश्वास्त पार्दै भने कार्यकर्ता स्तर देखि माथी सम्म पार्टी एकता कै पक्षमा उभिने बेला हो यो । उनले रेसङ्गाु नगरपालिकाको आईसोलेशनलाई पिसीआर मेशिन हस्तान्तर गर्दै भने नगरपालिकाले खर्चमा कन्जुसाई नगरि कोराना विरुद्धको लडाईमा राम्रो ब्यवस्थापन गरेको बताउँदै भने खर्च र पैसाको सवाल होईन, मनव मुल्य भन्दा अरु ठुलो मुल्य केहि छैन, एक जना मानिस बचाउन सकियो भने पनि ठुलो कुरा हो ।

पैसासँग मानव मूूल्य नदाज्न आग्राह गरे । उनले भारत संगको सम्वन्ध जुत्ता भित्रका ढुङ्गा निकालेर नफाले सम्म सुमधुर हुन नसक्ने तर्क गरे । भारत संग हाम्रो सम्वन्ध र सहकार्य रहँदै आएको छ तर जुत्ता भित्रका ढुङ्गाहरु निकालेर नफाले सम्म सम्वन्ध र सहकार्य सुमधुर रहि रहन सक्दैन । मन्त्री ज्ञवालीले यति बेला सबै दलहरु बिच राष्टिय एकताको खाँचो भएकोले हिमाल पहाड तराई बिच अभुतपुर्व एकतामा जुट्न आव्हान समेत गरे ।

मन्ज्ञी ज्ञवालीले गृह जिल्लामा कोरोना विरुद्ध लड्न पटक पटक विभिन्न स्वास्थ्य सामग्री काठमाण्डौबाट पठाएका छन भने शनिवार आफै आएर पिसिआर मेशिन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका छन् । उक्त मेशिन हिमालय एअरलाईन्सबाट मन्त्री ज्ञवालीको पहलमा उपलब्ध गराएको जनाईएको छ । मन्त्री ज्ञवाली शनिबार नै काठमाण्डौं फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै