२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

प्रदेश नं ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलबाट शुक्रबार कृषक समूहलाई चेक हस्तान्तरण । सो प्रदेशले उत्पादन प्रवद्र्धनमा आधारित कृषक सहयोग एवं कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत समूहलाई चेक प्रदान गरेको छ । तस्वीरः भरत केसी / रासस

बुटवल । प्रदेश ५ सरकारले कृषि क्षेत्रमा कोभिड–१९ ले पारेको असरलाई राहत पु¥याउन तथा कृषि उत्पादन प्रवद्र्धनमा आधारित कार्यक्रमअन्तर्गत कृषकलाई प्रत्यक्ष राहत पुग्नेगरेर अनुदान वितरण गरेको छ । प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्र्तगत आज रु. १२ करोड ५० लाख अनुदान वितरण गरेको छ ।

Advertisement

प्रदेशको कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरेर कुल रु १२ करोड १० लाख ९७ हजार १३४ अनुदानको रुपमा बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान प्रदान गरेको हो । प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादन प्रवद्र्धनमा आधारित कृषि उपजमध्ये दुग्धतर्फ ३१ सहकारीलार्ई रु. सात करोड ४८ लाख ६६ हजार ७४ प्रदान गरिएको छ । यसबाट सात हजार १६९ महिला र सात हजार ४८० पुरुष गरेर १४ हजार ६६९ दुग्ध उत्पादन तथा वितरक किसान लाभान्वित भएका मन्त्रालयले जनाएको छ ।

यस्तै खसी बोका कारोवार गर्ने १९ सहकारीलाई रु. ४५ लाख पाँच हजार ३५० वितरण गरिएको र यसबाट १३ हजार ७६२ कृषक लाभान्वित भएका छन् । कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत दुग्धतर्फ ९३ सहकारी संस्थामार्फत रु. दुई करोड ७८ लाख एक हजार दुई सय उपलब्ध गराइएको छ । यसबाट १६ हजार ७३१ महिला र १२ हजार ४३५ पुरुष गरि २९ हजार १५६ कृषक लाभान्वित भएका छन् । कुखुरातर्फ रु. एक करोड १८ लाख २८ हजार गरी २२४ परिवार लाभान्वित भएका छन् । प्रदेश सरकारले उत्पादन प्रवद्र्धनमा आधारित र कोभिड विशेष अनुदान कार्यक्रममा गरेर जम्मा रु. ११ करोड ७४ लाख नौ हजार १३४ नगद अनुदान प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

सरकारले दुग्ध कृषकका लागि उत्पादनमा आधारित रकम प्रति लिटर रु. दुई र कोभिड–१९ का लागि प्रति लिटर रु. १० उपलब्ध गराएको छ । यस्तै प्रदेशको कृषि विकास निर्देशनालयले कोभिड–१९ विशेष कार्यक्रमअन्र्तगत रु. ३६ लाख ८८ हजार किसानलाई बिज वृद्धि र सामग्री खरिदमा अनुदान सहयोग प्रदान गरेको छ । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले किसान समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभयो । कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाका अनुसार यसबाट कुल २७३ किसान लाभांवित भएका छन् । अनुदानबाट पाँच हजार ८८४ किसान लभांवित भएका छन । मन्त्री पौडेलले कोभिड–१९ का कारण रोजगारी गुमाएर बसेका व्यक्तिका लागि कामगर्ने विशेष अवसर रहेको बताउनुभयो ।

प्रदेश सभा कृषि वन वातावरण समितिका सभापती विजयबहादुर यादवले किसानलाई राहत वितरण गर्दा एकरुपता अपनाउन आग्रह गर्नुभयो । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १४ स्थित चन्द्रोदय दुग्ध उत्पादक संघका अध्यक्ष पुर्ण प्रसाद तिमल्सेनाले अनुदान रकमको चेक प्राप्त गरेपछि कोभिड–१९ प्रभावित कृषकलाई राहत मिलेको बताउनुभयो । यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १५ स्थित साना किसान कृषि सहकारीका अध्यक्ष गोपाल पौडेलले कोभिडका कारण दुग्ध कृषकले उत्पादन पनि कमि आएको र लागत बढेको बताउनुभयो । उहाँले सरकारले उपलब्ध गराएको राहतले किसानमा उत्साह थपेको बताउनुभयो ।

राहत रकम कृषक समूहमार्फत किसानलाई उपलब्ध गराइएको छ । कृषक समूहले उक्त रकम कृषकको बैंक खातामा उपलब्ध गराइ कृषि विकास निर्देशनालयमा भौचर उपलब्ध गराउनुपर्ने नियम रहेको छ । यसबाट किसानले प्रत्यक्ष रकम पाएको पारदर्शि हुने साना किसान सहकारीका अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ