ताजा अपडेट »

सडक निर्माण, मर्मतसम्भार तथा विस्तार सम्बन्धी विधेयक समितिबाट पास

विहीबार, २९ जेठ २०७७, १३ : २७
10 Shares

बुटवल । प्रदेश सभाको भौतिक पूर्वाधार विकास समितिले सडक निर्माण, मर्मत–सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको छ । विहिबार बसेको संसदीय समितिको बैठकले विधेयक पारित गरेको हो ।

विधेयक माथि संशोधनकर्ता प्रदेश सभा सदस्यहरु तिलकराम शर्मा, दिपा वि.क., गिता थापा र भौतिक पूर्वाधार तथा विकास मन्त्रि बैजनाथ चौधरी, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव तथा कर्मचारीको उपस्थितिमा तिन पटक सम्म छलफल गरि पारित गरिएको हो । विहिबार बसेको समितिको बैठकले विधेयकमाथि दफावार छलफल पछि केही बुँदा संशोधन सहित पारित भएको छ ।

विधेयक माथी छलफल र विश्लेषणसहित केही बुँदामा संशोधन गरि सर्वसम्मतिले पारित गरेको समितिका सचिव सिता घिमिरेले जानकारी दिइन् । समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा भएको बैठकमा समितिका सदस्यहरू भुमिश्वर ढकाल, फखरुद्दीन खान, नारायण आचार्य, इन्द्र प्रसाद खरेल, दिनेश पन्थी, पुस्पा थरूनी, धर्मबहादुर लाल श्रीवास्तव, जाल्पा भुसाल, सहसराम यादवले विधेयकमाथिको छलफलमा आफ्आफ्नो राय सुझाव दिएका थिए । समितिबाट पारित भएको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय बैठकले गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।