१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

तिलोत्तमा । विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले बिहीबार क्याम्पसको लेखा शाखामा पनि तालाबन्दी गरेको छ । १० दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको अखिलले माग पूरा नभएको भन्दै बिहीबार लेखा शाखामा पनि तालाबन्दी गरेको हो । लेखा शाखामा तालावन्दीपछि क्याम्पसको आर्थिक कारोबार प्रभावित भएको छ ।

Advertisement

यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिएको अनेरास्ववियुले माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेको थियो । बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर लेखा शाखामा पनि तालाबन्दी गर्नु परेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए । आफूहरुका माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि उनले बताए । संगठनका अर्का अध्यक्ष योगेश पराजुलीले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ–लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएकोमा प्रशासनले बेबास्ता गरेको बताए । त्यस्तै अनेरास्ववियुले लाईब्रेरीबाट सबै विषयका किताब उपलव्ध गराउन, पुराना संस्करणका किताब हटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलव्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरुका लागि फरक फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलव्ध गराउन पनि माग गरेको छ । क्याम्पसको सभा सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाव पारदर्शी गर्न, हालै विज्ञान संकायका संयोजक सहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति तिलोत्तमा नगरभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

त्यस्तै अनेरास्ववियुले यातायात शुल्क घटाउन, रोकिएको बिबिएस अंग्रेजी माध्यमको भर्ना सुचारु गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाई र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरुको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै औषधि समेत उपलव्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्र हितमा प्रयोग गर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस् ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई