१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

भैरहवा । रुपन्देहीको भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमिफाइनल अन्तर्गतको खेलमा राइनोज क्रिकेट क्लब काठमाण्डौ र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन् । राइनोजले असरक ग्लोबल स्पोर्टस् बंगलादेशलाई ९ विकेटले र शंकरनगरले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४४ रन पराजित गरेको हो ।

टस जितेर व्याटिङ गरेको असरक स्पोर्टस्ले २० ओभरमा १० विकेट गुमाउँदै ११६ रनको योगफल बनायो । उसका लागि अली समाद र ओस्कर कोल्कले ३०/३०, डान रोर्बट्सले २४ र एमबीए चौधरीले १३ रनको योगदान गरे । बलिङमा राइनोजका कमलसिंह ऐरी, सुर्य तामाङ र गजेन्द्र बोहराले ३/३ विकेट लिए । जवाफमा राइनोज क्रिकेट क्लबले १० ओभरमा १ विकेटको क्षतिमा ११७ रन बनायो । उसका लागि लोकेश बमले ९० तथा रोहित कुमार पौडेल र गजेन्द्र बोहराले ११/११ रनको योगदान गरे । बलिङमा असरकका हर्पित चोपराले १ विकेट लिए । खेलमा राइनोजका लोकेश बम म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रनको योगफल बनायो । उसका लागि सौरभ खनालले ५९ (नटआउट), साहब आलमले २५, दुर्गेश गुप्ताले १३ (नटआउट) र शंकर रानाले १० रनको योगदान गरे । बलिङमा वेस्टर्नका विक्रम सोबले ३, कृष्ण कार्कीले २ तथा बसन्त रेग्मी र हर्जित सिंहले १/१ विकेट लिए । जवाफमा वेस्टर्नले १९ ओभरमा १० विकेट गुमाउँदै ९१ रन बनायो । उसका लागि कुशल भुर्तेलले २३, बसन्त रेग्मीले १४ र विक्रम सोबले १० रनको योगदान गरे । बलिङमा शंकरनगरका साहब आलमले ४, विक्रम भुसालले ३ तथा दुर्गेश गुप्ता, सन्दिप सुनार र अनिल खरेलले १/१ विकेट लिए । खेलमा शंकरनगरका साहब आलम म्यान अफ द म्याच घोषित भए ।

बिहीबारकोे फाइनल खेल राइनोज क्रिकेट क्लब काठमाण्डौ र शंकरनगर क्रिकेट क्लब रुपन्देहीबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई