१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

तिलोत्तमा । विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणी बहुमुखी क्याम्पसले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिएको अनेरास्ववियुले माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै सोमबार तालाबन्दी गरेको हो ।

बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए । आफूहरुका माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि उनले बताए । संगठनका अर्का अध्यक्ष योगेश पराजुलीले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ–लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएकोमा प्रशासनले बेवास्ता गरेको बताए । त्यस्तै अनेरास्ववियुले लाईब्रेरीबाट सबै विषयका किताब उपलव्ध गराउन, पुराना संस्करणका किताब हटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलव्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरुका लागि फरक–फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलव्ध गराउन पनि माग गरेको छ ।

क्याम्पसको सभा सम्मेलनमा विद्यार्थी प्रतिनिधी सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाब पारदर्शी गर्न, हालै विज्ञान संकायका संयोजक सहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति तिलोत्तमा नगरभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ । त्यस्तै अनेरास्ववियुले यातायात शुल्क घटाउन, रोकिएको बिबिएस अंग्रेजी माध्यमको भर्ना सुचारु गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाई र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरुको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै औषधि समेत उपलव्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्र हितमा प्रयोग गर्न माग गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग